default_image

8 years ago

May 31, 2018

विश्व ११ र वेष्ट इन्डिजको खेल आज, सन्दीपको सुरुवात गर्ने सम्भावना

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिनेछन् । यस खेलमा उठेको पैसाद्वारा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण गरिने छ ।

सन् २०१७ मा आएका इर्मा र मारिया आधीँहरुले ५ रंगशालालाई पनि क्षति पुर्‍याएका थिए । यस खेलमा विश्व ११ को टोलीलाई पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले कप्तानी गर्नेछन् । इंग्ल्यान्डका कप्तान इयोन मोर्गनको कप्तानीमा टोली उत्रिने भनिए पनि उनी चोटिल भएपछि सो जिम्मेवारी अफ्रिदीले लिने भएका हुन् ।

अर्को तर्फ वेष्ट इन्डिनको टोलीको कप्तानी कार्लोस ब्रेथवेटले गर्नेछन् । विश्व ११ को टोलीमा बंग्लादेशका तमिम इक्बाल, भारतका दिनेश कार्तिक, पाकिस्तानकै शोएब मलिक, श्रीलंकाका थिसारा परेरा र न्युजील्यान्डबाट लुक रोन्की र मिसेल म्याक्लिनिघन जस्ता अनुभवी नामहरु छन् ।

नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि १३-सदस्यीय टोलीमा रहेका छन् तर उनले खेल सुरुवात गर्ने भन्ने पक्का भइसकेको छैन । सन्दीपले हालै आइपिएलमा राम्रो प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो नाम चिनाउन सफल भएका हुन् । राम्रो लयमा रहेकाले उनले अवसर पाउने अपेक्षा गरिएको छ ।

वेष्ट इन्डिजको टोलीमा क्रिस गेल, दिनेस रामदिन, कार्लोस सामुयल्स, आन्द्रे रसल, सामुयल बद्रि र एभिन लुइसजस्ता ठूला नामहरु पनि रहेका छन् । खेल नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ र सोनी सिक्स र सोनी सिक्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.