default_image

8 years ago

June 1, 2018

वेस्ट इन्डिजद्वारा विश्व ११ पराजित

185 views

0 Bookmark

लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ ।

नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने नटआउट रहे । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो । विश्व ११ को बलिङमा सन्दीपले १ ओभर मात्र बलिङ गर्दै १२ रन खर्चेका थिए ।

ओपनर एभिन लेविसले २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुआत दिलाएका थिए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । अर्का ओपनर क्रिस गेल भने २८ बलमा १८ रन जोडेर शोएब मलिकको बलमा आउट भए । मार्लोन स्यामुएल्स २२ बलमा ४३ तथा दिनेश राम्दीनले २५ बलमा नटआउट ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफलतर्फ उन्मुख भएको थियो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन जोडे । विश्व ११ का रशिद खानले २ विकेट लिँदा मलिक र शहिद अफ्रिदीले १-१ विकेट लिए ।

जवाफमा विश्व ११ ले खराब सुरुआत लियो । एक समय ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११ टोलीका लागि मध्यक्रममा थिसरा परेराले आक्रामक ब्याटिङ गरे । तामिम इकबाल (२), लुक रोन्ची (०), स्याम बिलिङ्स (४) र दिनेश कार्तिक (०) ले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।

सन्दीपले १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नआउँदा सन्दीप अन्तिम खेलाडी भएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे । वेस्ट इन्डिजका केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १-१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.