8 years ago
June 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी एक्स्लेसिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ६ रनले पराजित गरेको छ । बुधबार प्रतियोगिताको दोस्रो जित दर्ता गर्ने क्रममा आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे ।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विनोदले २९ बलमा ४ चौका र ६ छक्काको मदतले ६४ रन जोडेका थिए । वर्षाका कारण ४५ ओभरमा छोट्याइएको खेलमा आर्मीले ९ विकेट गुमाउँदै २ सय २५ रन जोडेको थियो । खेलको झन्डै ६ ओभर बाँकी छँदा १५२-७ को अवस्थामा क्रिजमा एक विनोदले आक्रामक ब्याटिङ गरेका थिए । उनलाई विक्रम सोबले १३ बलमा १ चौका र १ छक्कासहित १६ रन प्रहार गरेर साथ दिए । म्यान अफ ड म्याच घोषित विनोदले इनिङ्सको अन्तिम ओभरमा २४ रन प्रहार गर्दै अन्तिम बलमा क्याच आउट भएका थिए ।
त्यसअघि आर्मीका लागि अनिल मण्डलले ३६ तथा नरेश बुढाएरले ३२ रन जोड्दै बलियो सुरुआत दिलाएका थिए । सुस्त गतिमा रन बटुलेपनि ओपनर सागर पुन (८) लाई सस्तैमा गुमाएको आर्मी त्यसपछि सम्हालिएको थियो । राजु रिजाल (४), भीम सार्की (१४) र राजेश पुलामी (२२) ले पनि सन्तोषजनक ब्याटिङ गर्न सकेनन् । सोमपाल कमीले १८ रन जोडे । प्रदेश १ का मनोज तामाङले ३ तथा मिन्हस थापा र फिर्दोश अन्सारीले २-२ विकेट लिए ।

जवाफमा प्रदेश १ का लागि कप्तान पुष्प थापा र राजन मगर बाहेक कसैले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । ३० औं ओभरमा १ सय १९ रन जोड्दै अलआउट भएको प्रदेश १ का ४ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । कप्तान पुष्पले ७२ बलमा ६ चौका र १ छक्कासहित ५९ रन जोडे । रञ्जन मगरले ३० बलमा २४ रन बनाएका थिए । आर्मीका लागि सुसन भारीले ४ विकेट लिँदा साहब आलम, सगर पुन र सोमपाल कामीले २-२ विकेट लिए ।

तस्बिर: विवेक सुवेदी / हाम्रोखेलकुद
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]