8 years ago
June 2, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै एक्सेल्सिया प्रधानमन्त्री कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । दिनकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । यस पराजयसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ रोजेको प्रदेश ३ ३४ औं ओभरमा १ सय १६ रन जोड्दै अल आउट भएको थियो । कप्तान जितेन्द्र सिंह ठकुरीले ४० तथा सोनु तामाङले २९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ७ का शेर मल्लले ४ तथा विकास आग्रीले ३ विकेट हात पारे । जवाफमा प्रदेश ७ ले ८ विकेट गुमाउँदै ४० औं ओभरमा लक्ष्य पुरा गर्यो । सन्जु दमाइले २५, विजय रानाले २४ तथा अरुण ऐरीले २१ रन जोड्दै जितको आधार तयार पारेका थिए ।
मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले पहिलो ब्याटिङको निम्तो पाएको थियो । ४२ ओभरमा सबै विकेट गुमाउँदै टोलीले १ सय्त २७ रन जोड्यो । सन्दीप ढुंगानाले शीर्षक्रममा २९, मिनाश थापाले २७ तथा कप्तान पुष्प थापाले २० रन जोडे । जवाफमा एपीएफले १७ औं ओभरमै लक्ष्य प्राप्त गर्यो । अनिल साहले ४८ बलमा ५ चौका र ३ छक्काको मदतले नटआउट ६२ रन बनाए । प्रदीप ऐरीले २३ रन जोड्दा पृथु बास्कोटा ३२ रनमा नटआउट रहे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]