default_image

8 years ago

June 5, 2018

आर्मी समूह विजेता

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब एक्सेल्सिया प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ७० रनले पराजित गर्दै आर्मी समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । दुवै टोली एक खेल अगावै सेमिफाइनल पुगिसकेको कारण अन्तिम खेल समूह विजेता बन्नको लागि रहेको थियो ।

खेल वर्षाका कारण ४० ओभरमा झारिएको थियो । आर्मीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफ ३२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५८ रनमै समेटियो । एपीएफका कुनै पनि ब्याट्सम्यानले ठुलो साझेदरी गर्न पाएनन् । एपीएफका लागि रोहित कुमार पौडेलले सर्वाधिक २८ रन बनाए । अनिल शाहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले ३ विकेट लिए । सुसन भारी, सागर पुन र साहव आलमले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर अनिल मण्डल र कप्तान बिनोद भण्डारीको अर्धशतको मद्दतमा अन्तिम बलमा सबै विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । आर्मीका लागि मण्डलले ९९ बल खेलेर ७ चौकाको सहयोगमा ७२ रनको इनिङ्स खेले ।

मण्डलले पहिलो विकेटका लागि सागर पुनसँग मिलेर ७७ तथा दोस्रो विकेटका लागि नरेश बुढाएरसँग मिलेर ८२ रनको साझेदारी गरेका थिए । सागरले ४६ तथा नरेशले ३७ रन बनाए । चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान विनोद भण्डारीले फेरि एकपटक विष्फोटक पारी खेले । २२ वलमा अर्धशतक पूरा गर्दा भण्डारीले ७ छक्का प्रहार गरे । आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । एपीएफका भुवन कार्कीले ३ विकेट लिए । करण केसी, कमलसिंह ऐरी, बसन्त रेग्मी र पृथु बास्कोटाले समान १ विकेट लिए । आर्मीका अनिल मण्डल खेलको म्यान अफ द म्याच चुनिए ।

मंगलबारै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लव सेमिफाइनल नजिक पुगेको छ । जितपछि पुलिसको ५ अंक भएको छ । प्रदेश ५ र ७ को पनि समान ५ अंक छ । बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनल मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ ।

वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा प्रदेश ३ ले दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । पुलिसका लागि ओपनर सुनिल धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए । यी दुईले चौथो विकेटका लागि १ सय १० रनको साझेदारी गरेपछि पुलिसले जित हासिल गरेको हो । आरिफले ६० रन बनाउँदा धमलाले ५० रनमा नटआउट रहे । प्रदेश ३ का रुपेश श्रीवास्तवले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । उसका लागि २ खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । अदिल खानले ४५ र सोनु तामाङले ४८ रन बनाउनुबाकेह अन्य खेलाडी क्रिजमा टिक्नै सकेनन् । पुलिसका रामनरेश गिरीले ३ तथा ललित भण्डारीले २ विकेट लिए । पुलिसका आरिफ खेलको म्यान अफ द म्याच चुनिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.