default_image

8 years ago

June 6, 2018

पुलिस र प्रदेश ५ प्रधानमन्त्री कपको सेमिफाइनलमा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश ५ राजाधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् । यि दुई टिम अन्तिम चारमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएका थिए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा पुलिससँग हारेर पनि प्रदेश ५ समुह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसले प्रदेश ५ लाई ७ विकेटले हराएर समूह विजेता बन्यो ।

प्रदेश ५ ले दिएको २ सय १ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । सुस्त सुरुआत गरेको पुलिसका लागि दीपेन्द्र र आरिफ शेखले चौथो विकेटका लागि १ सय ४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो ।

दीपेन्द्रले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाए । आरिफले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे । सुनिल धमलाले ३६ र अमित श्रेष्ठले ३० रन जोडे । दीलिप नाथले २४ रन बटुले । प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । प्रदेश ५ का लागि शंकर रानाले ४४ रन बनाए । शौरभ खनालले ४२ रन जोड्दा कृष्ण कार्की २६ रनमा आउट भए । राजबीर सिंह २१ र सन्दीप सुनारले २० रनमा पभेलियन फर्किए । पुलिसका ललित राजबंशीले २ विकेट लिए । पुलिसका दिपेन्द्र खेलको म्याच अफ द म्याच चुनिए ।

शुक्रबार प्रतियोगिताको सेमिफाइल हुनेछ । सेमिफाइलमा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘बी’ को उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ‘ए’ को उपविजेता एपीएफले समूह ‘बी’को विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.