default_image

8 years ago

June 8, 2018

आर्मी प्रधानमन्त्री कपको फाइनलमा, सागर पुनको शतक

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सागर पुनको शतक इनिङ्ससँगै विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Sagar Pun

सागर पुन । फाइल तस्बिर

शुक्रबार भएको सेमिफाइनलमा ओपनर सागरले शतकीय योगदानको मद्दतमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश नं ५ ले ३५.५ ओभरमा १ सय ३५ रनमात्र बनाउन सक्यो । आर्मीको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

प्रदेश ५ का नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले समान १४ रन बनाए । आर्मीका सुशील कँडेल र विक्रम सोवले समान ३ विकेट लिँदा सागरले २ तथा सोमपाल कामी र साहव आलमले समान १ विकेट बाँडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागरको शानदार शतकको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । सागरले १ सय १८ रनको शतकीय इनिङ्स खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १ सय ४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे ।

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । अनिल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार भयो ।

त्यसपछि क्रिजमा आएका भीम सार्कीले पुनसँग मिलेर १ सय १५ रनको शतकीय साझेदारी गर्दै आर्मीको इनिङ्स उकासे । भीमले पनि ७७ रनको शानदार इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ३७ रन बनाए । प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले समान १ विकेट लिए । आर्मीका सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्र्तगत शनिबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यस खेलको विजतोले आर्मीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.