8 years ago
June 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले पराजित गर्दै एपिएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । एपिएफ र आर्मीबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपिएफले दिएको २ सय ९ रनको लक्ष्य पछ्याइरहँदा १४ ओभर ३ बलको खेल जारी रहँदा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो । त्यतिबेला पुलिसले ५९ रन जोड्दा २ विकेट गुमाएको थियो । वर्षा रोकिएपछि खेल पुन सुचारु हुदा पुलिसले २८ ओभरमा १ सय ४१ रनको लक्ष्य पाएको थियो । त्यसपछि पुलिसले थप ७२ रन जोड्दा ९ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सकेपछि एपिएफले ९ रनको रोमाञ्चक जित हासिल निकाल्यो ।
मध्यम शुरुवात गरेको पुलिसको इनिङ्समा मध्यक्रममा ब्याट्सम्यान कुशल भुर्तेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन । ओपनर सुनिल धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १४ रन जोड्दा कप्तान मञ्जित श्रेष्ठले ११ रनमात्रै बनाउन सक्यो । सिद्धान्त लोहनीले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।
एपिएफका अमरसिंह राउटेलाले ३ विकेट लिए । कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी र करण केसीले समान १ विकेट लिए । राउटेला नै खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८ रनको मध्यम स्कोर खडा गरेको थियो । एपिएफका लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले ४० रन जोड्दा रोहित कुमार पौडेलले ३२ रनको योगदान दिए । प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा ,आरिफ शेख र सुशील कंडेलले समान १ विकेट लिए ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]