10 years ago
February 9, 2016
आइसिसि यु १९ बिश्व कपको पाचौ स्थानको प्ले अफमा नेपाल पाकिस्तानबिरुद्ध १२२ रनको भारी अन्तरले पराजित भएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई पाकिस्तानले २५९ को लक्ष्य दिएको थियो । जवाफमा ४३.५ ओभर खेल्दै नेपालले १३६ रनमा सबै विकेट गुमायो ।
तीन रनमा २ विकेट गुमाएको पाकिस्तानको ३० रनमा तीन विकेट गुमेको थियो तर चौथो विकेटको १८९ रनको साझेधारीले पाकिस्तानले उक्त योगफल खडा गर्न सफल भयो ।
नेपालकोलागी सन्दिप लामिछानेले ३ विकेट लिए भने ब्याटिङमा प्रेम तामाङले सर्वोकृस्ट ६५ रन को योगदान दिए ।
हार पस्च्यात नेपालले सातौ स्थानकोलागी नामिबिया र इङ्ल्याण्ड बिचको पराजित टिमसँग भिड्ने छ ।
नामेबियाले इङ्ल्याण्डसँग हारे र नेपालले नामेबियालाई जिते नेपाल स्वत: आगामी यु १९ बिश्व कपमा छनोट हुनेछ ।
श्रीलंकालाई ९७ रनले हराउदै भारत जारी यु १९ बिश्व कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा भारतले बाङ्लादेश र वेस्ट इन्डिज बिचको बिजेता सँग भिड्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]