default_image

7 years ago

July 17, 2018

सप्तरी प्रिमियर लिगमा खडक वारियर्स अपराजित

107 views

0 Bookmark

सप्तरी (हाम्रो खेलकुद)– सप्तरीमा जारी प्रथम मेयर कप सप्तरी प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा बजाज खडक वारियर्सले अपराजित यात्रा कायमै राखेको छ । लिग चरणको अन्तिम खेलमा तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

लिगमा अपारजित रहेको वारियर्सले ८ अंक जोड्यो । तीन टोली सहभागी लिगबाट ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाईनलमा प्रवेश गरेको छ । मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित हुन पुग्यो ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनको योगफल तयार गरेको थियो । उसका लागि ओपनर राहुल मण्डलले सर्वाधक ३० रन जोडे । संसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाए । बलिङतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले समान २ विकेट लिए ।

१ सय १३ रनको लक्ष्य वारियर्सले १६ ओभर ५ बलमा वुरा ग¥यो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो । शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे। हसिम अन्सारीले १६ रन योगदान दिए ।

अलराउन्डर प्रदर्शन गरेका दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई १ हजार ५ सय पुरस्कार उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गरे । सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार ११ बजे बजाज खडक वारियर्स र बोदे बर्साइन थन्डर्स बीच हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.