7 years ago
July 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एमसीसी र नेदरल्यान्डविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको मंगलबार घोषणा गरिएको छ । १५ सदस्यीय नेपाली टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन् । सुवासले करिव तीनवर्षपछि राष्ट्रिय टिममा पूनरागमन गरेका हुन् ।
सुवासले सन् २०१५ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत युएईंमा पपुवा न्यु गिनीविरुद्ध नोभेम्वरमा अन्तिम खेल खेलेका थिए । त्यसयता चोटका कारण टिममा नरहेका सुवासले धनगढी प्रिमियर लिग र प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा उच्च प्रदर्शन गरेका थिए ।
टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेखले अन्तिम १५ मा स्थान सुरक्षित गरे । यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले अन्तिम १५ मा स्थान सुरक्षित गरे ।
विनोद भण्डारी, सुनिल धमला, सुसन भारी र प्रदीप ऐरीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीयले टोलीका लागि खेलाडी छनोट गरेका थिए ।
नेपाली टिम बिहिबार इंग्ल्यान्ड प्रस्थान गर्ने कार्यतालिका रहेको छ । त्रिकोणात्मक सिरिज लर्डस क्रिकेट मैदानमा जुलाई २९ तारिखबाट शुरु हुनेछ । नेपाल र नेदरल्यान्डले पाँच महिनाअघि मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]