default_image

7 years ago

July 18, 2018

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिग मेयर कपको उपाधि

129 views

0 Bookmark

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्स च्याम्पियन बनेको हो ।

टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । टिमका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको योगदान दिएका थिए । यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए ।

खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २ विकेट लिए । १ सय २८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । वारियर्सको जितमा पुस्प थापाले सर्वाधिक ४२ रनको योगदान दिए । म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिङ गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासँग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसँग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । फिर्दोश अन्सारीले अविजित २५ रन बनाए । प्रशान्त राई र बिबेक यादवले समान १६ रन बनाए । बोदे बर्साइनका नन्दन झा र श्रवण यादबले समान २ विकेट लिए ।

उपाधि सहित बजाज खडक वारियर्सले ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ हात पा¥यो । उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो । वारियर्सका कप्तान विवेक यादव प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । बोदे बर्साइनका नन्दन यादव उत्कृष्ट बलर र तिलाठी कोइलाडीका मेहबुव आलाम उत्कृष्ट ब्याट्समयान घोषित भए ।

तिलाठीकै राहुल मण्डल उदि यमान खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी यादवले १५ हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले जनही १० हजार रुपैया प्राप्त गरे । विजयी टिम तथा खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर सम्भु प्रसाद यादबले पुरस्कृत गरे । प्रतियोगिता गत २८ असारबाट शुरु भएको थियो । लिगको आधारमा भएको प्रतियोगितामा तीन टिमको सहभागिता रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.