7 years ago
July 18, 2018
लन्डन (एजेन्सी)– बाँया हाते स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् ।
२३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक दिवसियमा ६ विकेट लिन सफल भएका थिए । तेस्रो एक दिवसिय क्रिकेटमा चोटग्रस्त भएका भुवनेश्वर कुमारले टेस्ट खेल्ने सम्भावना कम रहेको बताइएको छ ।
अर्का युवा खेलाडी चेतेश्वर पुजारा र जसप्रिम बुम्रहा पनि टेस्ट टोलीमा समेटिएका छन् । यद्दपी चेतेश्वर र जसप्रित दोस्रो टेस्टबाट मात्र टोलीमा समावेश हुने बताइएको छ ।भारत र इङल्यान्डबीचको पहिलो टेस्ट अगस्ट १ मा सुरु हुनेछ ।
इङ्ल्यान्डविरुद्धको तीन टेस्टका लागि भारतीय टोली
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, मुरली विजयी, चेतेश्वर पुजारा, अजिन्के रहाने (उपकप्तान), करुन नायर , दीनेश कार्तिक (विकेट किपर) , आर पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुदीप पाण्डे, हार्दिक पाण्डेय, इशान्त शर्मा, मोहम्मद सामी, उमेश यादव, जसप्रित बुम्राह, सर्दुल ठाकुर ।
सच्चाइएको – २०७५ साउन ३, ७ः१० बजे बिहान
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]