7 years ago
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप यात्रामा रहेको नेपाली क्रिकेट टोलीले मभ्यास खेलमा धुवाँधार ब्याटिङ गरेको छ । कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्नेक्रममा शतक बनाएपछि नेपालले ह्याम्पसायर हग्स क्रिकेट क्लब विरुद्ध ३ सय ६२ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको १ सय ६१ रनको मद्दतमा ठूलो स्कोर खडा गरेको थियो । नेपालले ५० ओभरमा सबै विकेट गुमाएर त्यो योगफल तयार पारेको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालका लागि पारसले १ सय ७ बल खेल्ने क्रममा १९ चौका र ७ टक्का प्रहार गरेका थिए । रोहित पौडेलले ४४ र दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाएका थिए ।
त्यस्तै आरिफ शेखले २७, करण केसीले १८,सन्दीप लामिछाने र ललित सिंह भण्डारीले समान १६, शरद भेषावकरले १४, सुवास खकुरेलले ११ र उप कप्तान ज्ञानेन्द्र मल्ले ५ रन जोडे । हग्स क्रिकेट क्लबका लागि माइल्स कोभर्स र जोन पोर्टलले समान ३ तथा जेम्स ग्रिनले २ विकेट लिए । टोली अहिले ३ सय ६३ रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपालले जुलाई २९ मा लर्डस्मा एमसीसी र नेदरल्यान्ड्सम्मिलित त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंला खेल्नेछ । त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग अगस्ट १ र ३ मा एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । झन्डै पाँच महिला अघि एक दिवसय मान्यता पाएयता नेपालको यो पहिलो एक दिवसिय खेल हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]