7 years ago
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उच्च बलिङ गरेपछि युरोप भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ ।
जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीमा रहेको नेपालले शनिबार आफ्नो पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको विशाल योगफल तयार पारेको थियो । पारस खड्काले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रनको शतकीय इनिङ्स खेले । पारसले १९ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै रोहित पौडेलले ४४ रन जोडे । ३४ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।
४६ बल खेलेका दीपेन्द्रसिंह ऐरीले ५ चौकाको मदतमा ३७ रन जोडे । आरिफ सेखले २७, करण केसी १८, सन्दीप लामिछाने र ललितसिंह भण्डारीले समान १६ रन बनाए । शरद भेषावकरले १४, ज्ञानेन्द्र मल्लले ५ र सुवास खकुरेलले ११ रन जोडे । होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३ तथा जेम्स विल्केस ग्रिनले २ विकेट लिए ।
३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायर होग्स क्रिकेट क्लब ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमा समेटियो । उसका लागि ह्यारीले सर्वाधिक ३३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन । टोम बौचरले २२ रन जोडे । पुछारका ब्याट्सम्यान आर्चीले रन बनाउदै टिमको इनिङ्स उकास्ने प्रयास गरेका थिए ।
आर्चीले २२ रन जोडे । माइल्सले १८ रन र ओलिभरले ९ रन बनाए । होग्सलाई सस्तैमा समेट्न नेपालमा ललितनारायण राजवंशीले ५ विकेट लिए । उच्च बलिङ गरेका ललितले आफ्नो स्पेलको १० ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चदै ५ विकेट लिन सफल भए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिदा करण केसीले एक विकेट आफ्नो नाममा लेखाए ।
चार अभ्यास खेल खेल्न लागेको नेपालले अब जुलाई २३ मा सेन्ट क्रससँग ट्वान्टी ट्वान्टी , २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वान्टी ट्वान्टी अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले जुलाई २९ मा क्रिकेटको मक्का मानिने लर्डस मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब९एमसीसी०सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज सिरिज खेल्नेछ ।
नेपाल र नेदरल्याण्डसले एकदिवसीय मान्यता पाएको अवसरमा एमसीसीले सम्मानस्वरुप लर्डसमा मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी सिरिजआयोजना गरेको हो । त्यसपछि नेदरल्याण्डसविरुद्धको डेब्यु ऐतिहासिक एक दिवसीय श्रृखंला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]