default_image

7 years ago

July 22, 2018

वान डेमा बढ्दै दोहोरो शतक

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् सत्तरीतिर विश्व क्रिकेटमा भर्खर वान डे क्रिकेट सुरु हुँदा यसलाई गाली गर्नेहरू धेरै थिए र यसरी गाली गर्नेहरू यो खेलमा पारम्परिक सोच राख्नेहरू थिए । खैर ती त भए, पुराना दिनका कथा । सन् अस्सी र नब्बेसम्म आइपुग्दा पनि वान डे क्रिकेटमा दुई सय रनको स्कोर जित्नका लागि पर्याप्त मानिन्थ्यो ।

त्यति बेला कसैले सोचेका थिए होलान र, वान डे क्रिकेटमा पनि दोहोरो शतक बन्ने छ भनेर ? अहिले भने दोहोरो शतक धेरै ठूलो विषय रहेन । पाकिस्तानका फखर जमान दोहोरो शतक बनाउने एक अर्को ब्याट्सम्यान बने । उनले जिम्बावेविरुद्ध बुलावायोमा २ सय १० रन बनाए र नटआउट पनि रहे । पाकिस्तानका लागि उनी यस्तो उपलब्धी हात पार्ने पहिलो खेलाडी हुन् ।

अनि वान डे क्रिकेटकै इतिहासमा यो आठौं दोहोरो शतक हो । यस्तोमा निचोड निकाल्न सकिन्छ, अब त वान डेमा दोहोरो शतक बढ्दैछ । सचिन तेन्दुलकर वान डेमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान थिए । उनले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध ग्वालिएरमा ठ्याक्कै दुई सय रन बनाएका थिए । उनी पनि नटआउट रहे ।

सन् १९७१ जनवरीमा ५ मा पहिलो वान डे भएको थियो, अस्ट्ेरलिया र इंग्ल्यान्डबीच । सचिनको त्यो दोहोरो शतकका लागि धेरै वर्ष कुर्नु पर्‍यो । तर उनले एकपल्ट के यो उपलब्धी हात पारे, उनका पछाडि लागिहाले, अरू ब्याट्सम्यान पनि । अहिलेसम्म बनेका आठ दोहोरो शतकमध्ये रोहित शर्माले मात्र तीन यस्तो उपलब्धी आत्मसात् गरेका छन् ।
वान डे क्रिकेटमा दोहोरो शतक बनाउने अरू ब्याट्सम्यान हुन, न्युजिल्यान्डका मार्टिन गुपटिल, भारतका वीरेन्द्र सहवाग र वेस्ट इन्डिजका क्रिस गेल । वान डेमा सर्वाधिक ठूलो व्यक्तिगत स्को, रोहितकै नाममा छ । उनले श्रीलंकाविरुद्ध कोलकातामा २ सय ६४ रन बनाएका थिए । त्यति बेला भन्न सुरु भएको थियो, ल अब यो ब्याट्सम्यानले कहीं तेहोरो शतक बनाउने त होइन ? सायद अब त्यो दिन धेरै टाढा छैन, जति बेला वान डे क्रिकेटमा पनि बन्ने छ, ‘ट्रिपल सेन्चुरी’ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.