7 years ago
July 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा १ सय ६९ रनको विजयी लक्ष्य पाएको छ । नेपाललाई सेन्ट क्रसले १ सय ६९ रनको विजयी लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नियमित कप्तान पारस खड्कालाई आराम दिइएपछि आजको खेलमा ज्ञानेन्द्र मल्लले नेपाली टोलीको कप्तानी गरिरहेका छन् ।
उसका लागि जेम्मी आडम्सले सर्वाधिक ७२ रन बनाए । ४८ बल खेलेका आडम्सले ९ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाए । यस्तै फेलिक्स अर्गनले ३९ रनको योगदान दिए । २९ बल खेलेका अर्गनले समान १ छक्का र चौका प्रहार गरे । टोम स्क्रिभिनले २३ रन जोडे ।
ह्यारी ११ रनमा तथा माट फ्लोयड ७ रनमा आउट भए । टोम फोयले र ब्राड शुन्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए । सन्दीप लामिछानले १ विकेट आफ्नो नाममा लेखाए ।
पहिलो ओभरको दोस्रो ओभरमै सोमपाल कामीले विकेट लिदै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि भने नेपालले बलिङमा औसतको प्रदर्शन गरेको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।
उक्त खेलमा कप्तान पारस खड्काले १सय ६१ रनको उच्च प्रदर्शन र ललित राजवंशीले ५ विकेट लिदै उच्च प्रदर्शन गरेका थिए । जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि अभ्यास खेलमा व्यस्त छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]