7 years ago
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल इस्ट लन्डन ११ सँग खेल्दैछ । टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ ।
इस्ट लन्डनले टस जितेर पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीलाई ब्याटिङको निम्तो दिएको हो । यसअघिका दुई अभ्यास खेलमा नेपालले समान १ खेलमा जित र हार बेहोरेको थियो ।
यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २ सय ४३ रनले हराएको थियो । नेपालको जितमा पारसले १ सय ६१ रनको शतकीय पारी खेलेका थिए ।
तर, दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको थियो । टी–२० मा भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको थियो । पारसलाई दोस्रो खेलमा आराम दिइएको थियो ।
अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० बीच लड्र्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ।
नेपाली टोली -पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल (उपकप्तान) शक्ति गौचन सुवास खकुरेल (विकेटकिपर) शरद भेषवाकर अनिल कुमार साह रोहित कुमार पौडेल ललित राजवंशी दीपेन्द्र सिंह ऐरी सोमपाल कामी करण केसी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]