7 years ago
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले आइतबार फेरि एकपटक समर्थकको ध्यान खिच्नेछ । इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस् जसलाई विश्व क्रिकेटको ‘मक्का’ को रुपमा लिइन्छ । त्यहाँ फेरि एकटक उत्रने तयारीमा छ । लर्डस्मा खेल्ने हरेक क्रिकेट खेलाडीको सपना हुन्छ ।
विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न जति सहज छ, एसोसिएट राष्ट्रको खेलाडीको हकमा त्यति सहज हुदैन । तर, यो हकमा नेपाली खेलाडीलाई भाग्यशाली मान्नुपर्दछ । दुई वर्षको फरकमा नेपाली टोली दोस्रो पटक लर्डस्मा उत्रदैछन् ।
नेपाल र नेदल्यान्डले चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि एमसीसीले तटस्थ भुमिको रुपमा लर्डस्लाई रोजेको थियो । यो खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० ले पनि मान्यता दिएको छ । यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा नेपालले दुई वर्षअघि लर्डस्मा खेल्ने मौका पाएको थियो ।
त्यतिबेला नेपालले एमसीसीसँग एक दिवसीय क्रिकेट खेलेको थियो । यसपटक नेपालले आइतबार (एमसीसी) र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गर्दैछ । नेपालले आइतबार साँझ ६ः१५ बजे एमसीसीसँग खेल्नेछ । नेपाली टोली अर्को खेल राती १०ः३० बजे नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यसअघि दिउँसो ३ बजे पहिलो खेल नेदरल्याण्ड्स र एमसीसीबीचको हुनेछ ।
रोप भ्रमणका समयमा लर्डसमा फेरि एकपटक खेल्न पाउनु नेपाली खेलाडीहरुको लागि सौभाग्य भएको नेपाली टोलीका कप्तान पारस खड्कालेब ताएका थिए । नेपाली टोली पुरै तीन वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा फर्कदैछ । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीविरुद्ध खेलेयता नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन ।
बंगलादेशमा २०१४ मा भएको टी–ट्वान्टी विश्वकपका लागि २०१३ मा भएको छनोटमा तेस्रो भएसँगै नेपालले टी–ट्वान्टी अन्र्ताष्ट्रिय मान्यता पाएको थियो । तर, त्यो लामो समयसम्म टिक्न सकेन । २०१५ मा आयरल्यान्डमा भएको विश्व टी–ट्वान्टीमा खराव प्रदर्शन गरेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाउन पुगेको थियो । त्यसपछि नेपालले पहिलोपटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
एमसीसीको कप्तानी श्रीलंकाका माहेला जयवद्र्धने गर्नेछन् । एमसीसीको टिममा निक कोम्टन, इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायतले खेल्नेछन् ।
त्रिकोणात्मक सिरिजपछि नेपाल एक दिवसीय ‘डेब्यु’ खेलका लागि नेदल्यान्ड प्रस्थान गर्नेछन् । जहाँ नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले नेदरल्यान्डसँग बुधबार र शुक्रबार खेल्नेछ । एक दिवसिय मान्यता पाएयता नेपाल पहिलो पटक युरोप भ्रमणमा निस्केको हो ।
त्रिकोणात्मक सिरिज र नेदरल्यान्डसँगको एकदिवसीय खेलका लागि नेपाली टोली एक साताअघि युरोप भ्रमणमा निस्केको थियो । जहाँ नेपालले स्थानीय क्लबहरुसँग चार अभ्यास खेल खेलेको थियो । जसमध्ये नेपाल तीन खेलमा विजयी भएको थियो । एक खेलमा भने हार बेहोरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]