7 years ago
July 29, 2018
लर्डस् (हाम्रो खेलकुद) – नेपाल, नेदरल्यान्ड र मेरिवोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । लन्डनमा भारी वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले एमसीसीमाथि ९ विकेटको सानदार जित निकालेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो । टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले १६. ४ ओभर विकेटको नोक्सानीमा १ सय ७४ रन बटुलेको थियो । बलमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएक थियो । जतिबेला करण केसीले बलिङ गरिरहेका थिए । नेदरल्यान्ड्सका मिचेल रिप्पन ३८ रन तथा स्कट एडवार्डस ३४ रनमा क्रिजमा थिए । यसअघि पनि १२ औं ओभरको खेल सकिदा वर्षापछि रोकिएको थियो ।
त्यसपछि चार ओभर खेल भएको थियो । खेल सुरु भएलगत्तै नेपालले विकेट हात पारेको थियो ।१३औं ओभरमा दीपेन्द्रसिंह ऐरीले रायन टेन ड्यासचेटलाई रनआउट पार्दै नेपाललाई चौथो सफलता दिलाएका थिए । वास्ले वारेसी ४४ जोडे । रायन टेन ड्यासचेटले ३८ रन तथा तोवियस भिस्सी ११ रनमा आउट भए ।
म्याक्स ओ वुड ५ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने केही महँगा सावित भए । आफ्नो स्पेलको पुरै चार ओभर बलिङ गरेका सन्दीपले ४३ रन खर्चदै एक विकेट पनि लिन सकेनन् । सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले एक विकेट लिन सफल भएका थिए ।
यही खेलबाट नेपालले तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको हो । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–२० अन्तराष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।अब नेपाल ऐतिहासिक डेब्यु एक दिवसीय खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल १ र ३ अगस्टमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]