7 years ago
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रम नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल ५५ रनले गुमाएको छ । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गर्नाका वावजुद अघि बढाउन भने सकेन ।
ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले निराश पारेपछि नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रनमात्र जोड्न सक्यो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र र अनिलले ५८ रनको साझेदारी गरेपनि त्यसपछि भने नेपालको ठूलो साझेदारी बन्न सकेन । बलिङमा उच्च प्रदर्शन गरेका कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपालको ब्याटिङ लाइन धर्मराएको थियो । पारस १९ औं र त्यसलगत्तै ज्ञानेन्द्र २० ओभरमा आउट भएपछि त्यसपछि नेपाल सम्हालिन सकेन ।
६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौकाका साथ ५१ रन बनाए । अनिलले ३२ बल खेल्दै ३ चौका प्रहार गरे । २१ बल खेलेका पारसले १ चौका तथा ४८ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरे । त्यसपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शक्ति गौचनले ९, शरद भेषावकरले ४ र सन्दीप लामिछानेले १ रन बनाए । आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले रनको खाता पनि खोल्न सकेनन् । फिल्डिङ गर्ने क्रममा औलामा चोट लागेपछि शरद १० औं नम्बरमा मात्र ब्याटिङ गर्न आर्लेका थिए । घरेलु टोलीका पिटर सिलारले ३, मिचेल रिपोनले २ र फ्रेड क्लासेनले १ विकेट लिएका थिए ।
त्यसअघि भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७. ४ ओभरमा सबै विकेछ गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवाड्र्स १८ रनमा आउट भए ।
यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए । नेपालका लागि पारसले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए । सोमपालले ३ विकेट, सन्दीप लामिछाने, बसन्त र करणले समान १ विकेट लिए । नेपाल र नेदरल्यान्ड्बीचको दोस्रो एक दिवसिय शुक्रबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]