default_image

7 years ago

August 3, 2018

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एक दिवसीय आज

101 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ ।

राम्रो शुरुवात गर्नका बावजुत मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल जित नजिक पुगेर पनि ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग ५५ रनले पराजित हुन पुगेको थियो । डेब्यु एक दिवसीयमा नेपालले उच्च बलिङ गरेको थियो ।

फिल्डिङ पनि उच्च रहँदा ब्याटिङमा अग्रपङ्तिका ओपनरले राम्रो साझेदारी गर्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटलाई यादगर बनाउन पनि नेपालले शुक्रबार हुने खेल जित्नैपर्ने दवाव छ ।

बलिङमा राम्रो प्रदर्शन गरेको नेपालले अन्तिम तथा दोस्रो एक दिवसीय खेलमा ब्याटिङमा सुधार गर्नुपर्ने देखिन्छ । पहिलो खेलमा जस्तो गल्ती गर्न नेपाललाई छुट हुनेछैन । तर, पहिलो खेलमा लागेको चोटका कारण मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले आजको खेल खेल्ने छैनन् । टोलीमा उनको अभाव खड्किनेछ ।

उनले आजको खेलमा सहभागिता जनाउने छैन । नेपाली टोलीका कप्तान पारस खड्काले राम्रो शुरुवात गर्नाका बाजजुत लगातार विकेट पतन हुदा हार बेहोर्नु परेको बताएका थिए । कप्तान खड्काले भरपर्दा शरद भेषवाकर घाइते हुनु पनि टिमका लागि घाटा भएको प्रतिक्रिया दिए ।

शरदले पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा औलामा चोट बोकेपछि अन्तिम नम्वरमा ब्याटिङमा आएका थिए । डेब्यु खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय ३४ रनमा समेटिएको थियो ।

यसक्रममा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर अनिल कुमार साह र मल्लले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेपनि त्यसपछि नेपालले ठुलो साझेदारी बनाउन सकेन ।

मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडेका थिए । नेदरल्यान्डलाई १ सय ८९ रनमै समेट्ने क्रममा कप्तान पारस खड्काले ४ विकेट हात पारेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.