7 years ago
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन् ।
एम्सटेल्भिनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पारस अर्धशतक प्रहार गरेका हुन् । यससँगै पारस एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि डेब्यु एक दिवसीयमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक प्रहार गरेका थिए ।
पारसले ६६ बलमा ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरेका हुन् । उनी ६९ बलमा ५१ रन बनाएर आउट भए । उनी नेदरल्यान्ड्स कप्तान पिटर सेलारको बलमा सेन स्नाटरबाट क्याच आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]