default_image

7 years ago

August 3, 2018

नेदरल्यान्ड्सविरुद्ध कप्तान पारसपछि सोमपालको अर्धशतक

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का पछि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् ।

som-pal-kami

 

एम्सटेल्भिनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि सोमपाल अर्धशतक पुरा गरेका हुन् । एक दिवसिय क्रिकेटमा नेपालका लागि अर्धशतक पुरा गर्ने सोमपाल तेस्रो खेलाडी बनेका छन् । यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका थिए ।

यो समाचार तयार पर्दा सम्म नेपालले ४५ ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । सोमपाल ४५ बलमा ६१ रनमा अविजित छन् । उनलाई सन्दीप लामिछाने (०) साथ दिइरहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.