default_image

10 years ago

March 17, 2016

सुपर ओभरमा हसनपुरको जित

217 views

0 Bookmark

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

????????????????????????????????????
टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ललित बलमे ३३ रनको ईनिंग खेले । ९ रनमा ३ विकेट गुमाएको अवस्थामा विनोद लामा र ललित बमले १ सय ११ रनको लामो साझेदारी गर्दै टीमलाई उकासेका थिए । हसनपुरका बसन्त सिंह कार्कीले अन्तिम बलमा छक्का प्रहार गर्दै नटआउाट १६ रन बनाए ।
चौराहाका सोनु तामांगले ४ विकेट लिए । त्यस्तै अर्जुन सावाद, योगेन्द्र सिंह कार्की र पदम केसीले समान १ विकेट लिए ।
दोस्रो ईनिंगमा चौराहाका सोनु तामांगले ४३ रनको पारी खेल्दै २० ओभरमा समान १ सय ४५ रन बनायो । त्यस्तै ओपनर विपिन रावले २७ रनको पारी खेले ।
खेल सुपर अ‍ोभरमा पुऱ्याउान हसनपुर रोयल्र्सका विनोद लामाले अन्तिम ओभरमा कसिलो बलिंग गरे । ४ ओभर बलिंग गरेका लामाले २३ रन दिएर २ विकेट लिए । म्यान अफ द म्याच विनोद लामालाई धनगढी जेसिजका अध्यक्ष हेमराज जोशी र कार्यकारी उपाध्यक्ष टेकराज पनेरुले सयुंक्त रुपमा ५ हजार नगद सहित पुरुष्कार प्रदान गरे ।
सुपर ओभरमा धकेलिएको खेलमा पहिलो पहिले ब्याटिंग गरेको चौराहाले ४ रनको मात्र टार्गेट बनाउान सक्यो । ओपनिंग ब्याट्सम्यान योगेन्द्र सिंह कार्की १ रनमा रनआउाट र सोनु तामांग पनि एकै रनमा क्याच आउाट भएपछि हसनपुर रोयल्र्सले ४ रनको सानो टार्गेट पाएको थियो । हसपुर रोयल्र्सका लागि प्रकाश थापाले २ रन बनाउादै एलविडब्लु भएभने बसन्त सिंह कार्कीले १ रन बनाउादै हसनपुरलाई अंक तालिकाको दोस्रो स्थानमा पुर्याए ।
विहान भएको खेलमा सिवाईसी अत्तरियाले क्याम्पसरोड माथि ६ विकेटको जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पसरोडले १९.२ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय ७ रन बनायो ।  सन्तोष भट्टले ३९ रनको पारी खेले । उनले ३७ बलमा १ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै क्याम्पसरोडका रोमन बमले १२ र लोकेश बमले ११ रन बाहेक अन्यले दोहोरो अंक बनाउान नसक्नु क्याम्पसरोडको हारको प्रमुख कारण बन्यो ।
बलिंग तर्फ सिवाईसी अत्तरियाका नबिन भण्डारीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै ज्ञानेन्द्र कुवारले २ तथा मेहबुब आलम, सुरेन्द्र चन्द र नरेश बोहराले समान १ विकेट लिए ।
सिवाईसी अत्तरियाले ईनिंगको २ बल बाकीं रहदा लक्ष्य भेटायो । अत्तरियाले १९.४ ओभरमा ४ विकेट गुमाउादै लक्ष्य भेटायो । अत्तरियाका ओपनर सुरेन्द्र चन्दले नटआउाट अर्धशतक (५० रन) पुरा गरे । उनले ५ चौका र १ छक्का प्रहार गर्दै टीमलाई जित दिलाएका थिए । त्यस्तै अत्तरियाका लागि नरेश बोहराले २५ रन बनाए । कप्तान महबुब आलम ३ रनमा आउाछ भए ।
त्यस्तै क्याम्पसरोडका सागर भण्डारीले २ तथा सन्तोष भट्टले १ विकेट बाहेक अन्यले विकेट पाएनन् ।
खेलका म्यान अफ द म्याच सिवाईसी अत्तरियाका सुरेन्द्र चन्दले नगद ५ हजार हात पारे । उनलाई सगरमाथा सिमेन्ट डिसिएल ३ का टेक्निकल प्रमुख तथा अन्तराष्ट्रिय अम्पायर विनय कुमार झाले प्रदान गरे ।
त्यस्तै शुक्रबार (भोली) विहान सिवाईसी अत्तरिया र सन्तोषी टोल तथा दिउासो चौराहा र क्याम्पस रोड भिड्नेछन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.