default_image

6 years ago

November 4, 2018

नमस्ते पीपीएल : फाइनलमा पुग्न पारस र ज्ञानेन्द्र भिड्दै

44 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आज हुने एकमात्र प्लेअफ खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

ज्ञानेन्द्र मल्ल

फाइनलमा स्थान बनाउँदै उपाधिका लागि पोखरा पल्टनको सामना गर्न खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ । घरेलु टोली पोखरा शीर्षस्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गर्दा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्न लागेका हुन् । समुह चरणको खेलमा चितवनले काठमाडौँलाई १३ रनले पराजित गरेको थियो ।

काठमाडौंले पहिलो खेलमा धनगढीलाई १७ रनले हराउँदा विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनसँग १३ रनले पराजित हुँदा बुटवललाई ३७ रनले हराएको थियो । तर अन्तिम खेलमा पोखरासँग ४ विकेटले पराजित हुँदै सोझै फाइनल खेल्ने मौका गुमाउन पुग्यो ।

पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटको हार खान पुग्यो । त्यस्तै तेस्रो खेलमा धनगढीलाई १ सय २६,काठमाडौँलाई १३ रनले पराजित गर्दै खेलमा पुनरागमन गरेको चितवनले अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहेर प्ले अफ खेल्ने मौका पाएको हो ।

चितवनका सन्नी पटेल, हरिशंकर शाह र करण केसीले जारी पीपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेको छन् । काठमाडौँका लागि गौरव तोमर, जयकिशन कोल्सावाला, अमरसिंह राउटेला र वसन्त रेग्मी मुख्य हतियार बन्दै आएका छन् । आजको विजेता टोलीले कार्तिक २० गते हुने फाइनलमा उपाधिको लागि पोखरासँग खेल्नेछ ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.