7 years ago
November 4, 2018
पोखरा (हाम्रो खेलकुद) – स्पिनर सन्नी पटेलले दोस्रो ओभरमा तीन विकेट लिंदै कसिलो बलिङ प्रदर्शन गरेपछि काठमाडौं रोयल्सले चितवन राइनोजलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा ९५ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले पहिलो ओभरमा १५ रन जोडेको थियो । दोस्रो ओभरमा भने काठमाडौंले महत्वपूर्ण तीन विकेट गुमायो । सन्नीले फ्याँकेको दोस्रो ओभरमा अमित श्रेष्ठ ९, गौरव तोमर १ र पवन सर्राफ शून्यमा आउट भए । नरेश बुढाएर लगत्तै पारस खड्काको बलमा एलबिडब्लुको शिकार भए ।
काठमाडौंका लागि ओपनर जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । कप्तान ज्ञानेन्द्र मल्ल ३० रन तथा जयकिशन कोल्सावा २५ रनमा आउट भए । तल्लो क्रममा अन्य ब्याट्सम्यानले राम्रो साझेदारी गर्न नसक्दा काठमाडौं कम रनमा खुम्चियो । आदील खान, अमरसिंह राउटेला ९ र सुशन भारी ३ रनमा पेभेलियन फर्किए ।

ज्ञानेन्द्र मल्ल
काठमाडौंको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए । भुवन कार्कीले १० रन खर्चदै २ विकेट लिए । स्मित पटेलले २ तथा करण केसी र पारस खड्काले १-१ विकेट हात पारे । चितवनले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । लिगको शीर्षस्थानमा रहँदै घरेलु टोली पोखरा पल्टन फाइनलमा पुगिसकेको छ । फाइनल मंगलबार हुनेछ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]