7 years ago
November 4, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को प्ले अफ खेलमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा पुगेको छ । फाइनलमा अव पोखरा पल्टनसँग उपाधिको लागि आगमी २० गते खेल्ने छ ।

काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले अन्तिम ओभरको ३ बल अगाडीनै अल आउट हुदैँ मात्र ९४ रन बनाउन सकेको थियो । काठमाडौंका लागि स्पिनर शुसन भारीले ३ विकेट लिए पछि सामान्य लक्ष्य पनि चितवनले पुरा गर्न १९ ओभर सम्म कुर्नु परेको हो ।
काठमाडौँलाई हराउँदै चितवनलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी
सन्नी पटेल
काठमाडौंलाई सस्तैमा रोक्न सन्नी पटेलले घातक बलिङ गरे । आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा बलिङ गर्न आएका पटेलले एकै ओभरमा शिर्ष ३ ब्याटम्यानलाई पेभिलिएन फर्काउदैँ काठमाडौँको ब्याटिङ धरासय बनेको हो । दोस्रो ओभरको पहिलो बलमै अमित श्रेष्ठलाई ९ रनमा आफै क्याच लिदैं आउट गरेका पटेलले तेस्रो बलमा पवन सरार्फलाई डक आउट गर्दिए ।
पटेल यतिमै रोकिएनन्, अन्तिम बलमा काठमाडौँका भरपर्दा विदेशी खेलाडी गौरव तोमरलाई १ रमा एल पी डब्लुको शिकारमा पार्दै पेभिलिएन फर्काएपछि काठमाडौँको ब्याटिङ संकटमा परेको थियो । यस ओभरमा दुई रन मात्र दिएका पटेलले अन्य ३ ओभरमा विकेट लिन नसके पनि मात्र ७ रन खर्चे । घातक बलिङ गरेका उनले मात्र ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । ब्याटिङमा ६ रनमा नट आउट रहेका पटेल आज खेलमा “म्यान अफ द म्याच” घोषित भए । यस प्रतियोगितामा चितवनको ४ जीतमा ३ पटक पटेलनै ‘म्यान अफ द म्याच ‘ घोषित भएका छन् ।

भुवन कार्की
राष्ट्रिय टिममा पुनरागमनको पर्खाइमा रहेका कार्कीले काठमाडौँको मिडिल अडर धरासय बनाउन धातक बलिङ गरे । आफ्नो पहिलो स्पेल लिएर १४ औँ ओभरमा बलिङ गर्न आएका कार्कीले ३ रन मात्र खर्चे तर विकेट लिन सकेनन् । त्यस्तै आफ्नो दोस्रो स्पेल लिएर १७ औं ओभरमा बलिङ गर्न आएका कार्कीले ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीलाई आउट गरेपछि काठमाडौँको ब्याटिङ पुर्ण रुपमा धराशायी बनेको थियो ।
१७ औं ओभरको पहिलो बलमा मल्ललाई डट गराएका उनले दोस्रो बलमा एक रन दिएका थिए । त्यस्तै तेस्रो बलमा बसन्त रेग्मीलाई डट गराएका उनले चौथो बलमा बसन्त रेग्मीलाई डक आउट गरे । उनलाई विकेट किपर पुष्प थापाको हातबाट क्याच गराएका थिए । पाँचौ बल राउटेलालाई १ रन दिएका कार्कीले अन्तिम बलमा ३० रन बनाई खेली रहेका मल्ललाई एल पी डब्लुको शिकारमा पारेपछि काठमाडौँ सस्तैमा आउट भएको हो । कार्कीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।

स्मित पटेल
चितवनलाई सहज जित दिलाउन पटेलले अलराउण्डर प्रर्दशन गरे । बलिङमा दुई विकेट लिएका पटेलले ब्याटिङमा ३८ रन बनाए । चौथो ओभरको पहिलो बलमा सुसन भारीले पारस खड्कालाई २ रनामा आउट गरेपछि मैदान प्रवेश गरेका पटेल १८ औा ओभरको दोस्रो बलमा भारीले नै एल पी डब्लु आउट गर्नु अघि ३८ रन बनाए । उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए । त्यस्तै बलिङमा कोल्छावालालाई २५ र आदिल खानलाई ८ रन मा आउट गरेका थिए । पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]