default_image

7 years ago

November 4, 2018

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

116 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको ३ वान डे श्रृंखलाको पहिलो खेलमा साउथ अफ्रिका ६ विकेटले विजयी भएको छ । १ सय ५३ रनको सामान्य लक्ष्य पक्ष्याएको अफ्रिकाले २९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा सहजै पुरा गर्दै ३ वाने डे श्रृंखलामा १ -० को अग्रता लिएको छ ।

अफ्रिकाको सहज जितमा ओपनर क्विनटन डी काँकले ४० बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाए । रिजा हेन्ड्रिक्सले ४४, एडन माक्रमले ३६ बनाउदा कप्तान फाफ डु प्लेसिस १० र डेविड मिलर २ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका लागि माक्रस स्टोनिसले ३ विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्टेलिया ३८ ओभर १ बलमा अल आउट हुदै मात्र १ सय ५२ रनमा बनाएको थियो । ३६ रन बनाउन ४ विकेट गुमाएको अष्ट्रेलियालाई सम्मानजनक स्थिति सम्म पुर्याउन एलेक्स क्यारिले ३३,नाथन कुल्टर नाइलले ३४ रन बनाए ।

क्रिस लायन १५,ग्लेन म्याक्सवेल ११,स्टोनिस १४, पाट कमिन्स र मिचेल स्टार्टले समान १२ रन जोडे । अस्टेलियालाई सस्तैमा रोक्न अफ्रिका एन्डिल फेहेलुकवेलोले ३, इमान ताहिर, डेल स्टेन र लुन्गी निगडीले समान दुई विकेट लिए । दोस्रो वान डे खेल ९ नोभेम्बरमा हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.