7 years ago
November 4, 2018
एजेन्सी- भारतसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले पराजित भएको छ । १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ अोभरमा लक्ष्य पूरा गर्दै श्रृंखलामा १- ० को अग्रता लिएको छ ।

भारतको जितमा विकेटकिपर दिनेश कात्तिकले ३४ बलमा ३ चौका र १ छक्का सहित नट आउट ३१ रन बनाए । त्यस्तै टी-२० क्रिकेटमा डेब्यु गरेका क्रुनाल पाण्ड्याले ९ बलमा ३ चौका प्रहार गर्दै २१ रनमा नट आउट रहँदा मनिष पाण्डे १९ र के.एल राहुल १६ रनमा आउट भए । कार्लोस ब्रेथवेट र ओशेन थोमशले समान दुई विकेट लिएपनि टिमलाई हारबाट टार्न सकेनन् ।
यस अघि कोलकत्ताको इडेन गार्डेन मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सकेको थियो । वेस्ट इन्डिजका लागि फैबियन एलनले २७, किरन पोलार्ड र शाई होपले समान १४ रन बनाए । किमो पाउलले १५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
वेस्ट इन्डिजलाई सस्तैमा रोक्न भारतका कुलदिप यादवले धातक बलिङ गरे । उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिदा कुनाल पाण्डे, जसप्रित बुमराह, खालिल अमिद र उमेश यादवले समान एक विकेट हात पारे । यी दुई टोलीबीच दोस्रो टी-२० खेल आगमी (मंगलबार) ६ नोभेम्बरमा हुने छ । यस अघि पाँच वान डे श्रृंखला भारतले ३-१ ले जितेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]