7 years ago
November 5, 2018
एजेन्सी – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकर रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुने छ ।
पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवन प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । फाइनल अघि सबै टोलीको प्रर्दशन हेर्न हो भने ब्याटिङमा विदेशी खेलाडीको प्रर्दशन नै वर्चश्य रहेको छ । विदेशी खेलाडी चल्दा हरेक टिमले राम्रो स्कोर बनाएका छन् भने नचल्दा कम बनाएका छन् । प्ले अफकै खेलमा काठमाडौँ ९४ रनमा अल आउट भएको थियो । जस्मा उस्का विदेशी खेलाडी गौरव तोमर र जय किशन कोल्छावाला चलेका थिएनन् । यो पीपीएलको एक उद्धारण मात्र हो ।
घरेलु क्रिकेट होस वा राष्टिय खेल नै किन नहोस, नेपाली क्रिकेट टिमको मुख्य समस्या ब्याटिङ नै हो । नेपाली क्रिकेट टोलीले ब्याटिङ कारण थुप्रै महत्वपूर्ण अवसर गुमाएको छ । ब्याटिङ घरेलु, उमेर र राष्टिय टोलीको मुख्य समस्या हो । नेपालको ब्याटिङ कति सम्म कमजोर छ भन्ने पीपीएलको प्रर्दशनबाटै पनि थाहा हुन्छ । पीपीएलमा सर्वाधिक रन बनाउने शिर्ष ५ ब्याटम्यानमा ४ विदेशी खेलाडी रहेका छन् । रन बनाउने मात्र होइन सर्वाधिक चौका,छक्का र स्टाइक रेट मा पनि विदेशी खेलाडीनै अगाडी छन् ।
पीपीएलको फाइनल खेल अघि यी हुन् सर्वाधिक रन बनाउने ५ खेलाडी :
गौरव तोमर

भारतीयमुलका खेलाडी तोमरले अन्तिम दुई खेलमा राम्रो प्रर्दशन गर्न नसकेपनि अघिल्ला चार खेलमा उत्कृष्ट ब्याटिङ गरे । जारी पीपीएलमा हुलास काठमाडौँ रोयल्सबाट खेलेका गौरव जारी पीपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शिर्ष स्थानमा रहेका छन् । ६ खेल खेलेका तोमरले कुल २ सय १२ रन बनाएका छन् । तोमरले २ अर्धशतक १६ चौका र १४ छक्का प्रहार गरेका छन् । तोमरले विराटनगरबीरुद्ध ६६ रन प्रहार गर्दा चितवन राइनोजसँगको खेलमा ३९ रन बनाए । पोखरासँगको खेलमा डक आउट हुँदा धनगढीसँगको खेलमा ९५ रन प्रहार गरेका थिए । त्यस्तै वुटवलसँगको खेलमा ११ र प्ले अफमा चितवनबीरुद्ध १ रन प्रहार गर्दै पीपीएलमा आफ्नो यात्रा टुङ्गाएका छन् ।
मोहम्मद जायद आलम

पाकिस्तानीमुलका आलम जारी पीपीएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । विराटनगर टाइटन्सबाट खेलेका आलमले ४ खेलमा कुल २ सय ९ रन बनाएका छन् । ४ खेलमा ३ अर्ध शतक प्रहार गरेका उनले कुल २० चौका र १२ छक्का प्रहार गर्न सफल भए । पहिलो खेल पोखरासँग नखेलका उनी चितवनसँगको खेलमा ५१,काठमाडौँबीरुद्ध ६७ र वुटवलसँगको खेलमा ७२ रन प्रहार गरेका थिए । त्यस्तै धनगढीबीरुद्धको खेलमा १९ रन जोडे । जारी पीपीएलमा विराटनगर पुछारमा रहेपनि आलमले दोस्रो स्थानमा रहदै आफ्नो प्रर्दशन सकाएका छन् ।
दिपेन्द्रसिंह ऐरी

जारी पीपीएलमा धनगढीका मार्की र कप्तान समेत रहेका ऐरी शिर्ष ५ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा नेपालका एक मात्र ब्याटम्यान हुन् । ५ खेलमा २ पटक नट आउट रहेका ऐरीले कुल १ सय ८९ रन बनाए । उनले दुई अर्ध शतक सामेल रहँदा १० छक्का र १५ चौका प्रहार गरेका छन् । ऐरीले काठमाडौँसँगको खेलमा ५४, पोखराबीरुद्ध ४९ नट आउट र चितवनसँगको खेलमा १ रन जोडेका थिए । त्यस्तै बुटवलबीरुद्ध नट आउट रहँदै ५६ रन बनाएका ऐरीले विराटनगरबीरुद्ध २७ रन जोडेका थिए । ऐरीले उत्कृष्ट प्रर्दशन गरेपनि अन्य खेलाडीले त्यहि अनुसारको प्रर्दशन गर्न नसक्दा धनगढी चौथो स्थानमा रहदै समुह चरणबाटै बाहिरिनु परेको हो ।
रवी इन्दर सिंह

पीपीएलमा पोखराबाट खेलका भारतीय मुलका सिंह सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् । फाइनल खेल खेल्न बाँकी रहदा उनले ५ खेलमा कुल १ सय ७० रन बनाएका छन् । १ अर्ध शतक समावेश रहेको छ । १५ चौका र ९ छक्का प्रहार गरेका छन् । काठमाडौँसँगको खेलमा २२ रन बनाएका रविले चितवनबीरुद्ध ६५ रन प्रहार गर्दै उत्कृष्ट अर्ध शतक हिर्काएका थिए । त्यस्तै विराटनगरबीरुद्ध ४४, धनगढीसँगको खेलमा २८ र बुटवलबीरुद्धको खेलमा ११ रन जोडेका थिए ।
पिटर ट्रेगो

इङ्ल्यान्डका अल राउडण्डर पिटर जारी पीपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहेका छन् । धनगढीबाट पीपीएल खेलेका उनले ५ खेलमा कुल १ सय ६६ रन प्रहार गर्दा दुई अर्ध शतक सामेल छ । १४ चौका र १० छक्का प्रहार गरेका पिटरले काठमाडौँसँगको खेलमा १९ रन जोडेका थिए । त्यस्तै पोखरा र विराटनगरसँग समान ५३ रन बनाएका पिटरले वुटवलसँगको खेलमा १४ रन प्रहार गर्दै नेपालमा पहिलो ब्यवसायिक क्रिकेट भ्रमण सकायका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]