7 years ago
November 5, 2018
पोखरा (हाम्रो खेलकुद)– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुदैछ । पोखरा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो ।
चितवन प्ले अफमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो । समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो । फाइनल अघि ब्याटिङको प्रर्दशन हेर्ने हो भने विदेशी खेलाडीको प्रर्दशन उल्लेखनिय रहेको छ । सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमा नेपालका १ र विदेशी ४ खेलाडी शीर्ष स्थानमा रहेका छन् ।
तर बलिङ भने नेपाली बलरनै हाबी छन् । ब्याटिङको विपरित बलिङमा रहेको छ । अर्थात सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शिर्ष ५ मध्ये चार नेपाली बलर छन् । नेपाली क्रिकेटको बलियो पक्षनै बलिङ हो । अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङको कारण नेपालले थुप्रै महत्वपूर्ण अवसर गुमाउदा बलिङले केहि ठूला सफलता दिलाएको छ । पीपीएलको प्रर्दशनबाट नै थाहा हुन्छ नेपालको बलियो पक्ष र जितको मुख्य हतियार बलिङ नै हो ।
पीपीएलमा सर्वाधिक विकेट लिने ५ खेलाडी
करण केसी– तिव्र गतिका बलर करण केसी पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । चितवन राइनोजबाट खेलि रहेका करणले फाइनल खेल खेल्नु अघि ६ खेलमा ११ विकेट लिएका छन् । ११ विकेट लिन करणले २२-३ ओभरमा २ मेडन राख्दा १ सय ४१ रन खर्चेका छन् ।

समुह चरणका खेलमा पोखरा र काठमाडौँबीरुद्ध समान ३ विकेट लिएका करणले धनगढी र विराटनगरबीरुद्ध एक एक विकेट लिएका थिए । त्यस्तै बुटवलबीरुद्ध २ विकेट लिएका उनले प्ले अफमा काठमाडौँसँगको खेलमा १ विकेट हात पारेका थिए । करणले फाइनल खेलमा पनि उत्कृष्ट बलिङ गर्ने अनुमान गरिएको छ ।
सन्दीप लामिछाने -विराटनगर टाइटनसका कप्तान समेत रहेका सन्दीप जारी पीपीएलमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले पीपीएलमा ५ खेलमा १० विकेट लिएका छन् । १ मेडन राख्दा कुल १ सय २९ रन खर्चिए ।

चितवनविरुद्ध४ विकेट लिएका सन्दीपले पोखरा र बुटवलसँगको खेलमा समान दुई विकेट हात पारे । त्यस्तै काठमाडौं र धनगढीविरुद्ध एक एक विकेट लिएका थिए ।
सन्नी पटेल – भारतीय मुलका पटेल सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका छन् । अलराण्डर पटेल चितवन राइनोजबाट खेली रहदा फाइनल खेल खेल्न बाँकी रहेको छ । पटेलले ६ खेलमा २३.२ ओभर बलिङ गर्दा ३ मेडन सहित जम्मा ७१ रन खर्चिदा ९ विकेट लिन सफल भई सकेका छन् ।

धनगढीसँगको खेलमा ४ विकेट लिएका पटेलले पोखरा र काठमाडौंसँगको खेलमा समान एक एक विकेट लिए । वुटवल र विराटनगरबीरुद्ध विकेट लिन असफल भए । त्यस्तै प्ले अफ खेलमा काठमाडौंविरुद्ध ३ विकेट लिएका थिए ।
ललितनारायण राजवंशी – पछिल्लो एक बर्षमा राष्ट्रिय टिमबाट नियमित क्रिकेट खेल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका राजवंशीले पीपीएलमा पनि उत्कृष्ट प्रर्दशन जारी राखेका छन् । पोखरा पल्टनबाट खेलि रहेका उनले ५ खेलमा २० ओभर बलिङ गर्दा ९ विकेट लिदैँ जारी पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् ।

ललित नारायण राजवंशी
उनले १ सय २१ रन खर्चेका छन् । काठमाडौँ र विराटनगरसँगको खेलमा समान तीन विकेट लिएका उनले धनगढीसँगको खेलमा २ विकेट लिन सफल भए । त्यस्तै बुटवलसँगको खेलमा १ विकेट हात पार्दा चितवनविरुद्धको खेलमा विकेट लिन सकेनन् ।
विपिन खत्री – बुटवल वलास्टरबाट पीपीएल खेलेका विपीनले ५ खेलमा ८ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा पाँचौ स्थानमा रहेका छन् । १७.५ ओभर बलिङ गरेका उनले ९२ रन खर्चिएका छन् । काठमाडौँ,पोखरा र धनगढीसँगको खेलमा समान दुई विकेट लिएका उनले विराटनगर र चितवनविरुद्ध एक एक विकेट हात पारेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]