7 years ago
November 7, 2018
एजेन्सी – श्रींलकाबीरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा इङ्ल्यान्ड बलियो स्थितीमा पुगेको छ । इङ्ल्यान्ड दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनले अग्रता लिएको छ ।

पहिलो इनिङस्मा विकेट किपर बेन फोक्सले डेब्यूमै शतक प्रहार गरेपछि इङ्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो शेशनको छैटौँ तथा सम्रगमा ९६.४ ओभरमा सुरङ्गा लकमललाई चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका उनले २ सय २ बलमा १० चौका प्रहार गर्दै १ सय ७ रन बनाए । डेब्युमै शतक प्रहार गर्ने विश्वका १ सय ७ औँ तथा इङ्ल्यान्डका २० औँ ब्याटम्यान बनेका छन् ।
यसअघि इङ्ल्यान्डका स्टार क्रिकेटर एलिस्टर कुक, माइकल कलार्क लगात अन्य १७ ब्याटम्यानले पनि डेब्यूमै शतक प्रहार गरेका थिए । इङ्ल्यान्डका विकेट किपरका रुपमा डेब्यूमै शतक प्रहार गर्ने बेन दोस्रो तथा विश्वका ५ औँ खेलाडी पनि बनेका छन् । त्यस्तै केटन जेनिंग्स ४६, साम कुरान ४८, कप्तान जो रुट र अदिल रशिदले समान ३५ रन बनाए । पहिलो इनिङसमा श्रींलकाका दिलरुवन परेरा ५,सुरङ्गा लकमल ३, रंगना हेराथ र अलिका धनञ्जयले समान एक विकेट लिए ।
त्यस्तै आजै पहिलो इनिङस् थालेको श्रींलकाले मोइन अलीको उत्कृष्ट बलिङपछि २ सय ३ रनमा अल आउट भयो । श्रींलकाका लागि एन्जिलो मैथ्यूज ५२, दिनेश चान्डिमल ३३, निरोशन डिक्वेला २८ र दिलरुवन परेराले २१ रन बनाउन बाहेक अन्य ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । इङ्ल्यान्डका अलीले ४, ज्याक लेच र अदिल रशिदले समान दुई विकेट हात पार्दा जेम्स एन्डरसन र साम कुरानले समान एक विकेट लिए ।
आज दोस्रो इनिङस् थालेको इङ्ल्यान्डले १२ ओभरमा ३८ रन बनाएको छ र कुनै विकेट गुमाएको छैन । सम्रगमा दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनको अग्रता लिदै बलियो स्थितीमा पुगेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]