default_image

7 years ago

November 8, 2018

बोल्टको ह्याट्रिकसँगै न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

124 views

0 Bookmark

एजेन्सी – पाकिस्तानसँगको पहिलो वान डे खेलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक गरेपछि न्युजिल्यान्ड ४७ रनले विजयी हुँदै तीन वान डे क्रिकेट श्रृंखलामा १ – ० को अग्रता लिएको छ ।

बुधबार राती आबु धावीमा भएको खेलमा २ सय ६७ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुदैँ २ सय १९ रनमा समेटियो । पाकिस्तानलाई दोस्रो ओभरमा बोल्टले ह्याट्रिक गरेपछि सुरुवाती झड्का लागेको थियो । आफ्नो पहिलो स्पेलको दोस्रो ओभरको दोस्रो बलमै पाकिस्तानका ओपनर फकर जमानलाई बोल्ड आउट गरेका उनले तेस्रो बलमा बाबर आजमलाई रोश टेलरको हातमा क्याच ठमाउँदै डक आउट पठाएका थिए । बाबर पहिलो पटक डँक आउट भएका हुन् । त्यस्तै चौथो बलमा मोहम्मद हफिजलाई एल पी डब्लुको शिकार पार्दै डक आउटमा पेभिलिएन फर्काउदै सुरुवाती दवावमा राखे । जुन समय पाकिस्तान २ ओभरमै ८– ३ को दयनिय अवस्थामा पुगि सकेको थियो ।

चौथो विकेटका लागि इमाम उल हक र शोएब मालिकले ६३ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए । तर १६.३ मा हक र १७.३ ओभरमा शोएब मालिक आउट भएपछि पाकिस्तानको जित टाढा भएको थियो । हक ३५ र मालिकले ३० रन जोडे । त्यस्तै कुनै समय ८६ – ६ विकेट पुगि सकेको पाकिस्तानलाई कप्तान सरर्फराज अमिद र इमाद वासिमले सातौ विकेटका लागि १ सय ३ सतकीय रनको साभेदारी गर्दै हारको रन अन्तर घटाएका थिए ।

अमिदले ६९ बलमा ७ चौका प्रहार गर्दै ६४ र बासिमले ७२ बलमा २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । हसन अलीले १६ रन बनाउदा शाहिन शाह अफ्रिदी र जुनैद खानले खाता सम्म खोल्न सकेनन् । । बोल्टले १० ओभरमा १ मेडन सहित ५४ रन खर्चेर ३ विबेट लिए । लॉकी फर्ग्यूसन ९.२ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिदा कोलिन डी ग्रान्डहोम २ विकेट लिए । त्यस्तै टीम साउदी र इश शोधीले एक( एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ६६ रन बनाएको थियो । खराव सुरुवात गरेको न्युजिलयान्डलाई टम लेथम र रोस टेलरले उत्कृष्ट साझेदारी गर्दै बलियो अवस्थामा पुर्याउने काम गरे । १७ ओभरमा ७८ रन बनाउन ३ विकेट गुमाएको न्युजिल्यान्डका लागि लेथम र टेलरले चौथो विकेटका रुपमा १ सय ३० रनको साझेदारी गरेका थिए । ४१.२ ओभरमा सादव खानले लेथमलाई एलपी डब्लु आउट गर्दै पाट्र्नरशिप बेक्र गर्दिदै खेलमा फक्राउने कोसिन गरेका थिए । लेथमले ६४ बलमा ५ चौका प्रहार गर्दै ६८ रन बनाए ।

त्यस्तै टेलरले १ सय १२ बलमा ५ चौका प्रहार गर्दै ८० रन बनाउदा कोलिन मुनरो २९ र कप्तान केन विलियम्सनले २७ रन बनाउन सके । त्यस्तै टीम साउदी २० र सोधीले २४ रन बनाए । पाकिस्तानका लागि अफ्रदीले ८ ओभरमा १ मेडन सहित ४६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सादव खानले १० ओभरमा १ मेडन सहित ३८ रन खर्चेर ४ विकेट लिदै उत्कृष्ट बलिङ गरेपनि टोलीको हार टार्न सकेनन् ।

दोस्रो वान डे खेल आगमी शुक्रबार हुने छ । तीन टी २० क्रिकेट श्रृंखला ३ – ० ले गुमाएको न्युजिल्यान्डलाई वान डे श्रृंखला जित्नै पर्ने दवाव रहेको देखिन्छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.