default_image

7 years ago

November 9, 2018

दक्षिण अफ्रिका अष्ट्रेलियासँग झिनो अन्तरले पराजित

144 views

0 Bookmark

एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २४ रन बनाउन सक्यो । सुरुवात देखिनै खराव प्रर्दशन गरेको अफ्रिका कुनै समय ६८ रन जोड्न ४ विकेट गुमाएको थियो । पाँचौ विकेटका लागि कप्तान फाफ डु प्लेसिस र डेविड मिलरले ७४ रनको साझेदारी गर्दै जितको आसा देखाएका थिए ।

प्याट कमिन्सले २९.२ ओभमा प्लेसिसलाई बोल्ड आउट गर्दै पाट्नरशिप व्रके गर्दिपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो । प्लेसिस आउट हुदाँ अफ्रिका १४२- ५ को अवस्थामा थियो । तर त्यसपछि निरन्तर विकेट पतन जारी रहेपछि दक्षिण अफ्रिका अष्ट्रेलियासँग झिनो अन्तरले पराजित हुन पुगेको हो । प्लेसिसले ६५ बलमा ३ चौका प्रहार गर्दै ४७ रन बनाए । त्यस्तै मिलरले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाउदा एडेन माक्रम र लुन्गी निगडीले समान १९ रन बनाउन सके । अन्य ब्याटम्यान रिजा हेन्ड्रिक्स १६,डेवाइन प्रिटोरियस र हेनरिक क्लासनले समान १४ रन बनाउन बाहेक अन्य कुुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

अष्ट्रेलियालाईझिनो अन्तरको जित दिलाउन माक्रस स्टोनिसले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र जोश हैज़लवुडले समान दुई विकेट लिदा पार्ट कमिन्सले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४८.३ बलमा सबै विकेट गुमाएर २ सय ३१ रन बनाउन सकेको थियो । अष्ट्रेलियाका लागि आरोन फिन्च ६३ बलमा ४ चौका प्रहार गर्दै ४१ रन बनाउदा क्रिस लिनले ४४ रन जोडे । उनले ४४ बलको सामना गर्दा ३ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै एलेक्स क्यारिले ७२ बलमा ४ चौका प्रहार गर्दै ४७ रन बनाउदा एडम जम्पा र शन मार्शले समान २२ रन बनाए । ग्लेन म्याक्सवेल १५ र हैज़लवुडले १० रन जोडेका थिए ।

अफ्रिकाका लागि कागिसो रबडाले ९.३ ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै प्रिटोरियसले १० ओभमा ३२ रन खर्चेर ३ विकेट लिदा निगडीले १ विकेट हात पारे । पहिलो खेलमा अफ्रिकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम वान डे खेल अगमी आइतबार हुनेछ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.