7 years ago
November 10, 2018
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको हो । पाकिस्तानलाई सहज जित दिलाउन ओपनर फकर जमान र बाबर आजमले पहिलो विकेटका लागि २८.२ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर इमाम उल हक १६ रन बनाई रहेको अवस्थामा बलले लागेर घाइते भएपछि बाबर ब्याटिङ गर्न आएका थिए ।
पहिलो विकेटका रुपमा आउट भएको जमानले उत्कृष्ट ब्याटिङ गरे । ८८ रन बनाउन समान बल सामना गरेका उनले ११ चौका प्रहार गरे । बाबर आजमले ५० बलमा ४६ रन बनाउन ५ चौका प्रहार गरेका थिए । त्यस्तै मोहम्मद हफिज २७, शोएब मालिक १३ र कप्तान सरर्फराज अमिदले १० रन जोडे । न्युजिल्यान्डका लागि लॉकी फर्ग्यूसनले ३ तथा इश सोधिले १ विकेट लिएपनि जितको लागि प्रयाप्त हुन सकेन ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिलयान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रन बनाउन सक्यो । सुरुवात देखीनै खराव प्रर्दशन गरेको न्युजिल्यान्डले १६ ओभर भित्र आफ्ना शिर्ष ४ ब्याटम्यान गुमाउँदा ७३ रन मात्र बनाएको थियो । पाँचौ विकेटका लागि हेनरी निकोलस र रोश टेलरले ७५ रनको साझेदारी गर्दै सम्मान जनक स्थितीमा पुर्याउने काम गरेका थिए । तर हसन अलीले ३७. ३ ओभरमा निकोलसलाई बोल्ड आउट गर्दै ३३ रनमा पेभिलिएन फर्कापछि न्युजिल्यान्डको विकेट पतन पुन जारी रह्यो र सस्तैमा रोकिनु पर्यो ।
टेलरले एक तर्फबाट रन बनाउदा अर्को तर्फबाट विकेट पतन जारी रहदा न्यजिल्यान्डले समान्य योगफल तयार पारेको हो । टेलरले उत्कृष्ट ब्याटिङ गरे । १ सय २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । टिम साउदी, इश सोधी र कोलीन मुनरोले समान १३ रन बनाए । जॉर्ज वर्करले २८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
न्युजिल्यान्डलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले मात्र ९ ओभरमा १ मेडन सहित ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हसन अलीले २ विकेट लिदा शादब खान र हफिजले समान एक एक विकेट हात पारे । पहिलो खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ४७ रनले पराजित भएको थियो । यी दुई टोलीबीच अन्तिम तथा तेस्रो खेल आगामी आइतबार हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]