7 years ago
November 10, 2018
एजेन्सी – वेस्ट इन्डिजमा शुक्रबारबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतले विजयी सुरुवात गरेका छन् । वेस्ट इन्डिजले बंगलादेशलाई ६० रनले पराजित गर्दा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हराएको छ । त्यस्तै उद्धघाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ ।

समुह ए को पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाउन सकेको थियो । वेस्ट इन्डिजका लागि किसिया ए नाइटले सर्वाधिक ३२ रन जोडिनन् भने बलिङतर्फ बंगलादेशकी जहानारा आलमले ३ विकेट लिइनन् । १ सय ७ रनको लक्ष्य पक्ष्याएको बंगलादेश १४.४ ओभरमा ४६ रनमा अलआउट भयो । बंगलादेशका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा रोक्न इन्डिजकी डिड्रा डोटिनले पाँच विकेट लिइन भने सकिरा सिलम्यानले २ विकेट हात पारिन् ।
त्यस्तै समुह बी को दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । ओपनर खेलाडी एलेसा हेले र बेथ मुनीले ४८–४८ रन जोड्दा कप्तान मेग लेनिङले ४१ रन बनाउदा पाकिस्तानलाई विशाल योगफल दिएको थियो । १ सय ६६ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले निर्धारित २० ओभरकम ८ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।
त्यस्तै समूह बी को पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले कप्तान हरमनप्रित कौरको शतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ बनाएको थियो । कप्तान हरमनप्रित कौर र जेमिमा रोड्रिगेजले १ सय ३४ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । हरमनप्रितले ५१ बलमा शतकसहित १ सय ३ रन जोडेकी थिइन् । उनले ७ चौका र ८ छक्का प्रहार गरेकी थिन्। यसैगरी रोड्रिगेजले ५९ रन जोडिन्। १ सय ९६ रनको लक्ष्य पक्ष्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६० रनमात्र जोड्न सक्यो । सूजी बेटेजले ६७ रन बनाए पनि अन्य ब्याटम्यान चल्न नसक्दा पराजित हुन पुग्यो । भारतका लागि दियालन हेमलता र पुनम यादबले समान ३ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]