7 years ago
November 10, 2018
एजेन्सी- पाकिस्तान क्रिकेट बोर्डले आगमी १६ नोभेम्बर देखी युएईमा न्युजिल्यान्डसँग हुने तीन टेस्ट श्रृंखलाको लागि १८ वर्षीय तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई पहिलो पटक टिममा समाबेश गर्दै १५ सदस्य टोली घोषणा गरेको छ ।

युवा खेलाडी अफ्रिदीले वान डे र टी-२० क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आई रहेका छन् । अफ्रिदीले न्युजिल्यान्डसँगको सूरुवाती दुई वान डे खेलमा ४ – ४ विकेट लिएका थिए । उनले ५ वान डे खेलमा १२ विकेट हात पार्दा ७ टी-२० खेलमा ११ विकेट लिएका छन् । वान डे खेलमा ४.९० को इकोनमीमा रन खर्चिदा टी-२० क्रिकेट ७.८० को औसतमा रन दिएका छन्। न्युजिल्यान्डबीरुद्धको तीन टेस्टको लागि शादब खान र फकार जमानलाई टीम बाहिर राखिएको छ ।
त्यस्तै २५ बर्षिय साद अलीलाई पनि पहिलो पटक टिममा मौका दिएको छ । उनले प्रथम श्रेणीको खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । प्रथम श्रेणीको खेलमा ९३ इनिङ्समा ४६.८१ को औसतमा ब्याटिङ गर्दै कुल ३ हजार ९ सय ७९ रन बनाएका छन् ।
पाकिस्ताको १५ सदस्य टीम :
मोहम्मद हफिज,बाबर आजम, इमाम उल हक, याशिर शाह, बिलास आसिफ, सरफराज अहमद (कप्तान),शाद अली, मोमम्मद अब्बास, अजर अली,हरिस सोहेल,असाद शफीक,हसन अली, शाहिन शाह अफ्रिदी, फहिम असरार्फ र मिर हमजा रहेका छन् ।
खेल तालिका :
पहिलो टेस्ट : १६ देखी २० नोभेम्बर
दोस्रो टेस्ट : २४ देखी २८ नोभेम्बर
तेस्रो टेस्ट : ३ देखी ७ डिसेम्बर सम्म
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]