7 years ago
November 11, 2018
चेन्नई (एजेन्सी) – ओपनर शिखर धवन र मिडिल अडरका युवा खेलाडी ऋषभ पन्त चम्केपछि वेस्ट इन्डिजसँगको तीन टी-२० क्रिकेट श्रृंखलामा भारतले क्लिव स्पिव गरेको छ ।

आइतबार राती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै श्रृंखला ३-० ले जितेको हो । १ सय ८२ रनको लक्ष्य पक्ष्याएको भारतले अन्तिम बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । टी-२० क्रिकेट करियरकै उत्कृष्ट ब्याटिङ गरेका शिखरले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ९२ रनमा आउट भए ।
पन्तले आक्रमक ब्याटिङ गर्दै ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनमा आउट भए । के.एल राहुलले १७ रन बनाउदा कप्तान रोहित शर्मा ४ रनमा आउट भए । अन्तिम बलमा एक रन लिदैँ खेल जिताएका मनिष पाण्डे ४ रनमा नट आउट रहे । वेस्ट इन्डिजका किमो पाउलले दुई विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि डार्रेन बाभ्रो र निकोलस पूरनले चौथो विकेटका लागि अन्तिम ७ ओभरमा ८७ रनको साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।
आक्रमक ब्याटिङ गरेका पूरनले मात्र २५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५३ रनमा नट आउट रहे । बाभ्रोले ३७ बलमा समान दुई चौका र छक्का पहार गर्दै ४३ रनमा नट आउट रहे । ओपनर सिम्रन २६ र शाई होपले २४ रन जोडे । दिनेश रामदिनले १५ रन जोडेका थिए । भारतका लागि युजबेन्द्र चाहलले २ तथा वाशिन्टन सुन्दरले १ विकेट हात पारे ।
भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ७१ रनले विजयी भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]