default_image

7 years ago

November 12, 2018

सेञ्चुरी सुपर सिक्सेस क्रिकेट मंसिर दोस्रो सातादेखि

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता मंसिर दोस्रो सातादेखि शुरु हुने भएको छ ।

आयोजक एस एस इभेन्ट प्रालिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर १० गतेबाट १५ गतेसम्म हुने जानकारी गराएको हो । सेञ्चुरी बैंकको मुख्य प्रायोजनमा हुन लागेको पाँचौ संस्करणको प्रतियोगितामा विगतका वर्षमा जस्तै विभिन्न २४ कर्पाेरेट टोलीले सहभागिता जनाउने एस एस एभेन्टस् प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमन शिवाकोटीले जानकारी गराए ।

सुपर सिक्सेस प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिने छ । हरेक समूहमा तीन कर्पाेरेट टिमहरु रहनेछन् । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

५ ओभरको खेलमा एक टिममा ८ खेलाडीसहित १० जना हुनुपर्नेछ । प्रतियोगितामा सहभागिता जनाउने खेलाडी करिव ६ महिनादेखि बैंकमा कार्यरत हुनुपर्नेछ ।

प्रतियोगितामा सहभागिताको लागि ६ हजार ५ सय दर्ता शुल्क तोकिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिव ३२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित आकर्षक गिफ्टका साथै अर्काे वर्षको प्रतियोगितामा निशुल्क प्रवेश पाउनेछन् । उपविजेताले पनि ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफी र गिफ्ट ह्याम्पर तथा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र विकेट किपरले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै हिट दि बोर्ड र फेयर प्ले टिम पनि पुरस्कृत हुनेछन् । प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको गत संस्करणमा सिभिल बैंक च्याम्पियन बनेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.