default_image

7 years ago

November 12, 2018

विकेटकिपर रहीमको विश्व रेकर्ड दोहोरो शतक

123 views

0 Bookmark

एजेन्सी – बंगलादेशका विकेट किपर मुशफिकुर रहीमले जिम्बाब्बेवीरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएका छन् ।

दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पुरा गर्दै रहीमले नयाँ रेकर्ड बनाएका हुन् । विश्व टेस्ट क्रिकेटमा रहिम दोहोरो शतक दोस्रो पटक प्रहार गर्ने पहिलो विकेट किपर बनेका छन् । यसअघि उनले श्रीलंकासँग सन् २०१३ मार्च ८ तारिखमा टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका थिए । रहीमले १५४.३ ओभरमा चौका प्रहार गर्दै दोहोरो शतक पुरा गरेका थिए । विश्व टेस्ट क्रिकेटमा ७ विकेट किपर ब्याटम्यानले दोहोरो शतक एक एक पटक प्रहार गरेका छन् । जस्मा भारत र श्रींलकाका पुर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनी र कुमार संगाकारा पनि रहेका छन् ।

दोस्रो दिनको खेल सकिन १८ ओभर बाँकी रहँदा ७ विकेट गुमाएर ५ सय २२ रन बनाएको अवस्थामा बंगलादेशले पहिलो इनिङ्स समाप्ती घोषणा गरेको थियो । बंगलादेशका लागि रहिम २ सय १९ र मेहेदी हसन मिराज ६८ रनमा नट आउट रहे । रहीमले ४ सय २१ बलमा १८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मिराजले १ सय २ बलमा ५ चौका र १ छक्का हिर्काए । मोमिन्युल हकले पनि उत्कृष्ट शतक प्रहार गरे । उनले २ सय २४ बलमा १९ चौका प्रहार गर्दै १ सय ६१ रनमा आउट भए ।

कप्तान महमुदुल्लाहले ३६ रन बनाउदा अन्य ब्याटम्यानले दोहारो अंकमा रन छुन सकेनन् । जिम्बाब्बेका लागि केली जर्भिसले ५ विकेट लिए । आजै पहिलो इनिङ्स थालेको पाहुना टोली जिम्बाब्बेले १८ ओभरमा २५ रन बनाउदै १ विकेट गुमाएको अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । जिम्बाब्बे अझै पहिलो इनिङ्समा ४ सय ९७ रनले पछि परेको छ ।

पहिलो टेस्ट खेलमा १ सय ५१ रनले पराजित भएको घरेलु टोली बंगलादेशलाई श्रृंखला जोगाउन दोस्रो खेल जित्नै पर्ने दबाव रहेको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.