7 years ago
November 13, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र रहेका छन् ।

नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का,सोमपाल कामी र वसन्त रेग्मी शिर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का एक स्थान माथि उक्लिदै ९३ औँ स्थानमा रहेका छन् । त्यस्तै यसअघि शीर्ष १०० मा अटाएका शरद भेषवाकर यस पटक अटाएका छैनन् । उनको स्थानमा भारतीय युवा खेलाडी ऋषभ पन्त रहेका छन् ।
त्यस्तै टी–२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी दुई स्थान तल झर्दै ९४ औँ स्थानमा पुगेका छन् भने वसन्त रेग्मी एक स्थान तल झर्दै ७५ औँ स्थानमा रहेका छन् । टी– २० क्रिकेटको अलराउण्डर तर्फ पारस दुई स्थान तल खस्किएका छन् । नयाँ बरियतामा पारस ४१ औँ स्थानमा रहेका छन् । अलराउण्डर तर्फ सोमपाल कामी ३ स्थान तल झर्दै ६४ औँ स्थानमा रहेका छन् ।
टि-२० वरियताको ब्याटिङमा बाबर आजम, बलिङमा रसिद खान र अल राउण्डरमा ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]