6 years ago
November 16, 2018
एजेन्सी – विश्व जगतमा फुटबल पछि क्रिकेटलाई लोकप्रिय खेल मानिन्छ । पछिल्लो समय राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारी रहेको सफलतासँगै नेपालमा फुटबल भन्दा बढि क्रिकेट लोकप्रिय बन्दै गएको छ । क्रिकेट आफैमा एक रोमाञ्चक खेल हो । खेलाडी भन्दा अझ बढि रोमाञ्चक फ्यान अर्थात दर्शकलाई हुने गर्दछ । क्रिकेटमा अन्तिम बल र विकेट सम्म कुनै भर हुँदैन ।
हरेक खेलाडी देश र नामको लागि खेल्ने गर्दछन् । खेलमा जित र हार मात्र होइन,कहिले काहिँ नयाँ रेकर्ड बन्ने र तोडिने पनि गर्दछन् । धेरै रेकर्ड खेलाडीको नाममा बन्दा केहि टिम नाममा बन्ने गर्दछन् । खेलाडीले जव नयाँ रेकर्ड बनाउछ उ त्यतिनै धेरै लोकप्रिय बन्दै जान्छ ।
रेकर्ड सधै एउटा खेलाडी र टीमको नाममा हुन्छ भन्ने हुदैन । आज बनेको रेकर्ड भोली अर्कै खेलाडी र टिमले त्यो भन्दा उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो नाममा बनाउन सक्छ । पछिल्लो समय क्रिकेटमा रेकर्ड बन्ने र तोडिने सामान्य जस्तै भएको छ । तर विश्व क्रिकेटमा बनेका यी १० रेकर्ड,जो अव तोडिन भने असंभव जस्तै देखिन्छ ।
ब्रायन लाराले बनाएको ४ सय रन
टेस्ट क्रिकेटको इतिहासमा एकै इनिङ्समा एउटा ब्याटम्यानले बनाएको सर्वाधिक रन ४ सय हो । जुन रेकर्ड वेस्ट इन्डिजका पुर्व क्रिकेटर ब्रायन लाराले इङ्ल्यान्डबीरुद्ध सन् २००४ मा कायम गरेका थिए । सन् १९९४ मा लाराले नै इङ्ल्यान्डबीरुद्ध ३ सय ७४ रन बनाउँदै नयाँ रेकर्ड कायम गरे । तर सन् २००३ मा अस्ट्रेलियाका क्रिकेटर मैथ्यू हेडनले ३ सय ८० रन बनाउदै उनको रेकर्ड तोड्दिए । लाराले त्यसको एक बर्षपछि इङ्ल्यान्डविरुद्धनै ४ सय रनमा नट आउट रहँदै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने रेकर्ड पुन आफ्नो नाममा लेखाए । जुन रेकर्ड १४ बर्ष देखी यथावत रहेको छ । र अव तोडिन पनि असंभव देखिन्छ ।
रोहित शर्माले बनाएको २ सय ६४ रन
भारतीय क्रिकेट टिमका ओपनर तथा विश्फोटक ब्याटम्यान रोहित शर्माले सन् २०१४ मा श्रीलंकाबीरुद्ध वान डे खेलमा २ सय ६४ रन बनाउदैँ नयाँ इतिहास रचे । वान डे क्रिकेटमा तेस्रो पटक दोहोरो शतक प्रहार गर्ने दुर्लभ कीर्तिमान पनि रोहितको नाममै छ । सन् २०१५ मा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २ सय ३७ रनमा नट आउट रहदै रोहितको रेकर्ड तोड्न सक्ने छनक देखाएका थिए तर सकेनन् । पछिल्लो समय विश्व क्रिकेट जगतमा सिमीत ओभरमा सर्वोउत्कृष्ट ओपनर मानिने रोहितको यो रेकर्ड तोडिन असंभव जस्तै देखिन्छ ।
आरोन फिन्चले बनाएको टी– २० क्रिकेटमा १ सय ७२ रन
अष्ट्रेलिया क्रिकेट टिमका सिमीत ओभरका राजा मानिने तथा अहिले कप्तानी समाली रहेका आरोन फिन्च टी– २० क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । यसै वर्ष जिम्वाब्बेबीरुद्ध उनले बनाएको १ सय ७२ रननै टी– २० किकेटमा एकै ब्याटम्यानले एकै खेलमा बनाएको उच्च रन हो । टी– २० क्रिकेटमै आइपीएलमा क्रिस गेलले १ सय ७५ रनमा नट आउट रहेको रेकर्ड छ । तर आइपीएलको रेकर्ड आईसीसीको रेकर्ड फरक हो । यस अघि फिन्चको नाममा नै टी– २० क्रिकेटमा सर्वाधिक रन बनाउने रेकर्ड रहेको थियो । जुन १ सय ५६ रन इङ्ल्यान्डबीरुद्ध बनाएका थिए । उक्त आफ्नो रेकर्ड तोड्दै फिन्चले यसै बर्ष नयाँ रेकर्ड बनाए ।
सर्वाधिक टेस्ट र वान डे खेल खेल्ने रेकर्ड
भारतीय क्रिकेट टिमका पुर्व कप्तान सचिनको नाममा सार्वधिक वान डे र टेस्ट खेल्ने कीर्तिमान रहेको छ । भारतीय क्रिकेटमा भगवानको उप नामले चिनिने सचिनले दुई सय टेस्ट र ४ सय ६३ वान डे खेल खेलेका छन् । वान डे खेलमा महेन्द्रसिंह धोनीले ३ सय ३२ खेल खेलका छन् र सचिनको रेकर्ड तोड्न अझै १ सय ३१ खेल खेल्नुपर्छ । तर खराव लय र उमेर ढल्कदोको कारण सर्वाधिक आलोचना खेपि रहेका धोनी आगमी बर्ष इङ्ल्यान्डमा र वेस्समा हुने वान डे विश्वकप पछि सन्न्यास लिने पक्कापक्कि जस्तै छ । टेस्ट क्रिकेटमा इङ्ल्यान्डका पुर्व कप्तान एलिस्टर कुकले १ सय ६१ म्याच खेल्दै केहि महिना अघि सन्न्यास लिई सकेका छन् । सर्वाधिक खेल खेल्ने सचिनले जुन दुर्लभ कीर्तिमान बनाएका छन् यो रेकर्ड तोडिन अव असंभव देखिन्छ ।
सर्वाधिक ९९.९४ औसत (एभरेज) रन
विश्व टेस्ट क्रिकेट इतिहासको रेकर्डमा अष्ट्रेलियाका ब्याटम्यान सर डोनाल्ड ब्राडम्यानले ९९.९४ को औसतमा रन बनाएका छन् । उनले आफ्नो करियरमा मात्र ६२ टेस्ट म्याच खेलेका थिए । द डनको उप नाम पाएका उनले २९ शतक, १३ अर्ध शतक प्रहार गर्दै कुल ६ हजार ९ सय ९६ बनाउदै उक्त रेकर्ड कायम गरेका हुन् । डोनाल्डपछि अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ् स्मिथले टेस्ट क्रिकेट ६१. ३७ को औसतमा रन बनाएका छन् । बल टेम्परिङ काण्डका कारण एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपी रहेका उनको प्रतिबन्ध फुकुवा हुन अझै ४ महिना बाँकी रहेको छ । डोनाल्डले टेस्ट क्रिकेटमा जुन औसतमा रन बनाएका छन् । उक्त रेकर्ड टेस्ट खेलमा मात्र होइन सिमीत ओभरका खेलमा पनि तोडिन असंभव देखिन्छ ।
सर्वाधिक विकेट
श्रींलकाका पुर्व स्पिनर मुथ्यैया मुरलीधरनलाई जादुगरको रुपमा चिनिन्छ । आफ्नो क्रिकेट करियरमा टेस्ट खेलमा ८ सय र वान डे क्रिकेटमा ५ सय ३४ विकेट लिदै जादुनै गरेका थिए । जुन सर्वाधिक विकेट लिने रेकर्ड अव तोडिन असंभव देखिएको छ ।
एकै टेस्ट खेलमा सर्वाधिक विकेट
इङ्ल्यान्डका पुर्व क्रिकेटर जिम लेकर एकै टस्ट खेलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन् १९५६ मा अस्टेलियारुद्ध उनले बनाएको दुर्लभ रेकर्ड अहिले सम्म कुनै खेलाडीले तोड्न सकेका छैनन् । लेकरले पहिलो इनिङ्समा ३७ रन खर्चेर ९ तथा दोस्रो इनिङ्समा १० विकेट लिएर ५३ रन खर्चेका थिए । सम्रगमा उनले ९० रन खर्चेर एकै टेस्ट खेलमा १९ विकेट लिएका थिए । भारतीय स्पिनर अनिल कुम्बले सन् १९९९ मा फिरोज शाह कोटला क्रिकेट मैदानमा पाकिस्तानबीरुद्ध पहिलो इनिङ्समा ४ तथा दोस्रो इनिङ्समा १० विकेट लिएका थिए ।
एकै टेस्ट इनिङ्समा सर्वाधिक स्कोर
टेस्ट क्रिकेटको इतिहासमा पहिलो इनिङ्समा सर्वाधिक रन स्कोर बनाउने रेकर्ड श्रींलका क्रिकेट टिमलाई जान्छ । सन् १९९७ मा भारतबीरुद्ध श्रीलंकाले बनाएको ९५२ – ६ नै एकै इनिङ्समा बनाएको सर्वाधिक रन हो । यो रेकर्ड बन्नु अघि इङ्ल्यान्डले अस्टेलियाबीरुद्ध सन् १९३८ मा ९०३– ७ मा उच्च स्कोर बनाएको थियो । सन् १९९७ देखी कुनै पनि टोलीले ८ सय रन कटाउन सकेका छैनन् । टेस्ट क्रिकेटमा इङ्ल्यान्डले २ तथा श्रींलकाले १ पटक मात्र ८ सय रन कटाएका छन् । भने कुनै पनि टेस्ट टिमले ८ सय रन छुन सकेका छैनन् । श्रींलकाले बनाएको ९ सय ५२ रनको उच्च स्कोर टेस्ट क्रिकेटमा अव तोडिन असंभव जस्तै देखिएको छ ।
एबी डी भिलियर्सको ३१ बलमै शतक
दक्षिण अफ्रिका पुर्व कप्तान तथा विश्फोटक ब्याटम्यान एवी डी भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजबीरुद्ध ३१ बलमै शतक पुरा गरे । पहिलो १६ बलमा अर्ध शतक पुरा गरेका उनले अर्को १५ बलमा अर्धशतक पुरा गर्दै ३१ बलमै शतक प्रहार गर्दै दुर्लभ रेकर्ड आफ्नो नाममा लेखाए । यस अघि सन् २०१४ मा न्युजिलयान्डका एड्सन कोरीले ३६, पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले ३७ बलमा वान डे खेलमा शतक पुरा गरेको रेकर्ड छ । पछिल्लो समय टी– २० क्रिकेटमा रोहित शर्मा र डेविड मिलरले समान ३५ बलमा शतक पहार गरेका छन् । भिलियर्सले ३१ बलमै पुरा गरेको रेकर्ड तोड्न ३० बलमै शतक प्रहार गर्नुपर्छ र तर अव असंभव देखिन्छ ।
युवराज सिंहको १२ बलमै अर्धशतक
भारतीय क्रिकेट टिमका विश्फोटक ब्याटम्यान युवराज सिंह पछिल्लो एक बर्षयता खराव लयका कारण टिम बाहिर रहेका छन् । तर उनको नाममा एउटा दुर्लभ रेकर्ड छ । युवराज भन्दा सबैलाई ६ बलमा ६ छक्काको याद याउछ । सन् २००७ को टी– २० विश्वकपमा इङ्ल्यान्डबीरुद्ध युवराजले १२ बलैमा नै ५२ रन बनाउँदै सर्वाधिक छिटो अर्ध शतक पुरा गर्ने रेकर्ड राखे । जस्मा युवराजले ६ बलमा ६ छक्का प्रहार गरेका थिए । क्रिस गेलले विग ब्यासमा १२ बलमै अर्ध शतक पुरा गरेका थिए तर विग ब्यास र अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै फरक । युवराजको यो रेकर्ड तोडिन पनि असंभवनै देखिन्छ ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]