7 years ago
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी बेलौरी कञ्चनपुर धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग (निष्ट एलपिएल ३) मा विजयी भएका छन् ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार भएको खेलमा लिटिल फ्लावरले शारदा मावि वैयावेहडीलाई २० रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको थियो ।
लिटिल फ्लावरका कप्तान विपिन रावलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । शेर मल्ल २५ रनमा नटआउट रहे । सुरज तिरुवाले २१, अनिल थापाले १४ र विशाल भट्टले १० रनको योगदान दिए । शारदाका सिप्टन अन्सारी, योगेन्द्र साउँद, राहुल भण्डारी र दिपक टमटाले समान १ विकेट लिए ।
१ सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको शारदाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । राजन सिंहले ५१ रन र राहुल भन्डारीले १९ रन बनाएपनि टिमलाई जिताउन सकेन । लिटिल फ्लावरका शेर मल्ल र दिपक रोकायाले समान २ विकेट लिए । लिटिल फ्लावरका शेर मल्ल खेलको म्यान अफ द म्याच भए । लगातार दोस्रो खेलमा पराजित भएको शारदा मावि भने प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार भएको दोस्रो खेलमा विज्डम एकेडेमी कञ्चनपुरले पहिलो जित निकालेको छ । विस्डम एकेडेमीले ह्वाईटहवास काठमाडौंलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै विज्डम एकेडेमीले अघिल्लो चरण प्रवेशको सम्भावनालाई भने कायम राखेको छ । यद्यपि उसले लिग चरणमा कैलाली मोडल स्कुलको नतिजा पर्खनु पर्नेछ ।
टस हारेर पहिला ब्याटिङ ह्वाईट हाउस काठमाडौ १५ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । ह्वाईट हाउसका सुशान्त सिहले २१, अरुण ऐरीले १६ र फ्रिदोस अन्सारीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहरो रनको स्कोर जोड्न सकेनन् । ह्वाईट हाउसलाई सस्तैमा समेट्ने क्रममा विज्डमका चन्द्र सिह कार्कीले ३ विकेट लिए । कैलाश ऐर र बसन्त सिंह कार्कीले समान २ तथा ने किरन कुमार ठगुन्नाले १ विकेट लिए ।
८८ रनको समान्य लक्ष्य विज्डमले १४ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । विज्डमको लागि कप्तान लोकेश बमले २४, बसन्त सिह कार्कीले १५ रन बनाए । ह्वाईट हाउसका अमृत सिह, शुसान्त सिह र रमेश भट्टले २÷२ विकेट लिए । विज्डमका चन्द्र सिह कार्की खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत शनिबार साविक विजेता सिद्धार्थ सिसु सदन र सरस्वती मावि गेटा बीच पहिलो खेल हुनेछ भने लिटिल फ्लावर र क्यास्पीयन एकेडेमी बीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]