7 years ago
November 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ सम्म चल्ने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजले प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन कोच नाथन डोडलाई नियुक्त गरेको छ ।

डोडक्रिकेट अष्ट्रेलियाका लेवल ३ का कोच हुन् । उनले केएफसी क्वीन्सल्यान्ड स्टेट टी – २० प्रिमियर लीग २०१७ – १८ मा स्यान्डगेट टिमको प्रमुख प्रशिक्षको भूमिका निर्वाह गरेका थिए । राइनोजको प्रमुख कोचमा न्युक्त भएसँगै डोडले प्रतिभाशाली खिलाडीको प्रदर्शन र विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । राइनोजले उत्कृष्ट प्रशिक्षणको लागि डोडलाई ल्याउन लागेको बताएको छ ।
इपीएलमा हरेक टीमले तीन विदेशी खेलाडी खेलाउनै पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप गत संकरणमा राइनोजले पाकिस्तानका इसरार उल्लाह, आशिफ अली र ताज वालीलाई अनुबन्ध गरेको थियो । आशिफ अली अहिले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी भई सकेका छन् । यस वर्षको संकरणको लागि राइनोजले विदेशी खेलाडी घोषणा अझै गरेको छैन । स्कटल्याण्डका काइल कोट्जर अाउने चर्चा भने चलिरहेको छ ।
शक्तिगौचन नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा अाएका छन् ।
ईपीएल १५ दिन सम्म चल्ने छ भने एक दिनमा एउटा मात्र खेल हुने छ । त्यस्तै यस पटक ३ वटा शनिवार ईपीएलका खेल हुने छन् । ईपीएलका सबै खेल टियु क्रिकेट मैदानमा हुने छन् । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]