default_image

7 years ago

November 19, 2018

स्मिथ र वार्नरको प्रतिबन्ध हट्न सक्ने !

100 views

0 Bookmark

सिड्नी (एजेन्सी) – अस्ट्रेलियन क्रिकेट टोलीका पुर्व कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नरको एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध हट्न सक्ने संभावना बढेको छ ।

गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्ट दौरानमा बल टेम्परिङ गरेको भन्दै क्रिकेट अस्ट्रेलिया बोर्डले स्मिथ र वार्नरलाई १ वर्षे साथै तीब्र गतिका बलर क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

ब्यान्क्रफ्टको १ तथा स्मिथ र वार्नरको प्रतिबन्ध हट्न अझै ४ महिना बाँकी रहेको छ । स्मिथ र वार्नर टोलीमा नहुँदा अस्ट्रेलियन क्रिकेट टोलीले ४० वर्ष यताकै खराव प्रर्दशन गरि रहेको छ । प्रतिबन्ध हटाउन चर्को आलोचना खेपि रहेको अस्ट्रेलिया क्रिकेट बोर्डले वार्नर,स्मिथ र बेनक्राफ्टको प्रतिबन्ध बारे पुन विचारको लागि छलफल बैठक बोलाएको छ ।

यसै साता बस्ने बैठकमा स्मिथ,वार्नर र ब्यान्क्राफ्टको प्रतिबन्ध हटाउने की यथावत राख्ने भन्ने अन्तिम निर्णय हुने अस्ट्रेलियन सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो एक वर्षको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय प्रर्दशन, खेलाडी र समर्थकले दिई रहेको चर्को दबाव हेर्दा वोर्डले प्रतिबन्ध हटाउन सक्ने अनुमान गरिएको छ । अस्ट्रेलियाले यी दुई खेलाडी नहुँदा सन् २०१८ मा कुनै पनि श्रृंखला जित्न सकेको छैन भने ४० वर्ष यताकै खराव प्रर्दशन गरि रहेको छ ।

के हो बल टेम्परिङ काण्ड ?

बल कोट्याएर स्वरुप विगानुलाई बल टेम्परिङ भनिन्छ । जुन खेल भावना विपरीत मानिन्छ । यसो गर्दा ब्याट्सम्यानलाई खेल्न निकै मुस्किल हुने गर्दछ । अत्याधिक बाउन्स र अनुमान गरिएको भन्दा फरक तबरबाट बल आउने गर्दछ । खराब प्रर्दशन गरेको अष्ट्रेलिया तेस्रो टेस्टमा फराकिलो हार नजिक पुगेको थियो ।

जुन खेलमा स्मिथ र वार्नरले आफ्नो साख जोगाउन बलको स्वरुप विगारेको हुन सक्ने अनुमान गरिएको छ । उक्त खेलमा अष्ट्रेलिया ३ सय २२ रनले पराजित भएको थियो । बल टेम्परिङ काण्ड गरेको पुष्टि भएपछि आइसीसीले तीनै खेलाडीलाई सिमित खेलमा प्रतिबन्ध लगाएको थियो ।

तर अस्टेलिया क्रिकेट बोर्डले भने १ वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । १ वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने बोर्डको निर्णय विश्वभरबाट चर्को आलोचना भईरहेको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.