7 years ago
November 19, 2018
अबुधाबी (एजेन्सी) – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले नाटकीय हार बेहोरेको छ । एक समय १३०-४ को स्थितिमा रहेको पाकिस्तानले अन्तिम २० ओभरमा ४१ रन जोड्दै ६ विकेट गुमाएपछि ४ रनले पराजित हुन पुगेको हो ।
१ सय ७६ रनको सामान्य लक्ष्य पक्ष्याएको पाकिस्तान चौथो दिन १ सय ७१ रनमा समेटियो । पाकिस्तानका लागि दोस्रो इनिङ्समा असाद सफिक ४५ र अजहर अलीले ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । इमाम उल हक २७, मोहमम्द हफिजले १० र बाबर आजमले १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पाकिस्तानका पुछारमा ४ ब्याट्सम्यान डक आउट भए ।
न्युजिल्यान्डलाई हारको मुखबाट जोगाउँदै नाटकीय जित दिलाउन अजाज पटेलले उत्कृष्ट बलिङ गरे । पहिलो टेस्ट खेलिरहेका उनले २३.४ ओभरमा ४ मेडन सहित ५९ रन खर्चेर ५ विकेट लिएपछि न्युजिल्यान्डको जित संभव बनेको हो ।
त्यस्तै इश सोधी र नील वाग्नेरले समान दुई विकेट हात पारे । यसअघि पहिलो इनिङ्समा न्युजिल्यान्डले १ सय ५३ रन बनाउँदा पाकिस्तानले २ सय २७ रन बनाउँदै ७४ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा न्युजिल्यान्डले २ सय ४९ रन बनाएपछि पाकिस्तानले सम्रगमा १ सय ७६ रनको लक्ष्य पाएको थियो ।
तीन टेस्ट श्रृंखलामा न्युजिल्यान्डले १ – ० को अग्रता कायम गरेको छ । दोस्रो टेस्ट २४ नोभेम्बरबाट सुरु हुने छ । टी– २० क्रिकेटमा क्लिन स्विपको सिकार बनेको भ्रमणकारी टोली न्युजिल्यान्डलाई टेस्ट श्रृंखला जित्दै आफ्नो साख जोगाउनै पर्ने दबाव रहेको छ । त्यसअघि टी–२० क्रिकेटमा ३– ० ले जितेको पाकिस्तानले वान डे खेलमा अन्तिम खेल वर्षाले प्रभावित गर्दा १ – १ को बराबरीमा रोकिएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]