7 years ago
November 20, 2018
मेलबर्न (एजेन्सी) – क्रिकेट अस्ट्रेलिया बोर्ड (सीए) ले टोलीका पूर्व कप्तान स्टिभ स्मिथ,उप कप्तान डेविड वार्नर र तीब्र गतिका बलर क्यामरन ब्यान्क्रफ्टमाथि लगाएको प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले प्रतिवन्ध नहटाउने निर्णय लिएको हो । टेम्परिङ काण्डमाको बारे स्वतन्त्र गठित समितिको रिपोर्टपछि क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध यथावत राख्ने निर्याय लिएको हो । गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्ट दौरानमा बल टेम्परिङ गरेको भन्दै क्रिकेट अस्ट्रेलिया बोर्डले स्मिथ र वार्नरलाई १ वर्षे साथै तीब्र गतिका बलर क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
योसँगै वार्नर र स्मिथको प्रतिवन्ध आगमी मार्च ३० देखी हट्ने छ भने क्यामरन ब्यान्क्रफ्टको आगमी डिसेम्बर ३० मा सकिने छ । ४० वर्ष यताकै खराव अवस्थामा रहेको अवस्थामा प्रतिवन्ध हटाउन चर्को दवाव खेपि रहेको वोर्डले हटाउने अनुमान गरिएपनि त्यसको विपरित निर्णय गर्दै यथावत गरेको हो ।
अब स्मिथ र वार्नर आगमी अप्रिलमा पाकिस्तानसँग हुने वान डे सिरीजदेखी टोलीमा कमब्याक गर्ने अनुमान गरिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]