7 years ago
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिगको अक्सन आज इस्लामबादमा हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुइ सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ड्राफ्टमा हुँदा अक्सनलाई निकै महत्वका साथ हेरिएको छ ।

तीव्र गतिका बलर सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । लेग स्पिनर सन्दीप लामिछाने गोल्ड क्याटगरिमा रहेका छन् । पछिल्लो एक वर्षमा आईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्ट्रिय लिग खेलिसकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपमाथि मुल्य लाग्ने उच्च संभावना देखिन्छ ।
यदी सन्दीपलाई कुनै टिमले मुल्य लगाय न्युनतम ५० हजार डलर प्राप्त गर्नेछन् । राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका सोमपालमाथि कुनै टोलीले मुल्य लगाए कम्तिमा २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ । सोमपाललाई कुनै टिमले छनोट गरेको खण्डमा उनी विदेशी व्यवसायिक लिग क्रिकेट खेल्ने नेपालका दोस्रो खेलाडी हुने छन् ।
चौथो संस्करणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुने छ । डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । गत संकरणको उपाधि इस्लामबाद युनाइटेडले जितेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]