7 years ago
November 21, 2018
एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई पराजित गर्दै अष्ट्रेलियाले ३ खेलको टी-२० सिरिजमा अग्रता लिएको छ । बुधबार भएको पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित भएको छ ।

वर्षाले प्रभावित खेलमा १ सय ७४ रनको लक्ष्य पक्ष्याएको भारतले १७ ओभरमा ७ विकेटको गुमाउँदै मात्र १ सय ६९ रन बनाउन सक्यो । जितका लागि भारतलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो तर मार्कस स्टोइनिसले ८ रन खर्चेर २ विकेट लिएपछि अस्ट्रेलिया ४ रनले विजयी भएको हो । भारतका लागि ओपनर शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । धवनले ४२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाएपनि भारतको हार टार्न सकेनन् ।
त्यस्तै ऋषभ पन्तले २० र दिनेश कार्तिकले ३० रन जोडे । रोहित शर्मा ७, के.एल. राहुल १३ र कप्तान विराट कोहलीले ४ रन जोड्न सके । अष्ट्रेलियाका लागि एडम जम्पा र स्टोइनिसले समान दुई विकेट हात पार्दा एन्डुयू टाई र बिली स्टेनलेकले समान एक एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १७ ओभमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । अस्ट्रेलियालालाई विशाल योगफल तयार पार्नको लागि ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरे । ८.३ ओभरमा कुलदीपले कप्तान आरोन फिन्चलाई आउट गरेपछि मैदान प्रवेश गरेका म्याक्सवेलले सुरुवाती ओभर धैर्यताका साथ बाटिङ गरि रहे ।

१४ ओभरको दोस्रो,तेस्रो र चौथो बलमा कुनाल पाड्यालाई लगातार छक्का प्रहार गर्दै म्याक्सवेलले आफ्नो आक्रामक खेलेपछि भारतीय बलर पूर्णरुपमा दवावमा आएका थिए । म्याक्सवेलले चौथो विकेटका लागि मार्कस स्ट्रोनिससँग ७८ रनको साभेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । १७ ओभरको दोस्रो बलमा जसप्रित बुमराहको बलमा भुवनेश्वर कुमारको हातबाट क्याच आउट हुनुअघि उनले २४ बलमा ४ छक्का प्रहार गर्दै ४६ रन बनाए ।
त्यस्तै स्टोइनिसले १९ बलमा ३ चौका र १ छक्का प्रहार ३३ रनमा नट आउट रहे । अष्ट्रेलियाका क्रिस लिनले २० बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३७ रनमा आउट हुदा कप्तान आरोन फिन्चले २७ रन जोडे । भारतका लागि कुलदीप यादवले २, जसप्रित बुमराह र खलिल अमिदले समान १ विकेट हात पारे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]